नेपाल लाइफले दश दिनमै गर्यो १ करोड ८६ लाख मृत्यु दाबी भुक्तानी

Apr 11, 2017 merolagani

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी(NLIC) ले आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै १ करोड ८६ लाख मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानीलाइ बीमितको घरदैलोमा नै उपलब्ध गराएर आम मानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा बनाउने प्रयास गर्दै पोखराका मोति बहादुर गुरुङको परिवारलाई १ करोड ८६ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

बिमित स्व. मोती बहादुर गुरुङले ईच्छाएको व्यक्ति ईन्द्र कुमारी शाही गुरुङलाई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले कम्पनीको तर्फबाट सो रकम प्रदान गरेका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरुप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै दावी भुक्तानी गर्न सफल भएको जानकारी दिए ।

कम्पनीले स्थापनाकालदेखि २०७३ फागुन मसान्तसम्म करिब १ अर्ब ६४ करोड मृत्यूदावी भुक्तानी गरिसकेको छ ।

यसैगरि, कम्पनीको विद्यमान चुक्ता पूँजी ३ अर्ब ०९ करोड रहेको, जीवन बीमा कोष ३७ अर्ब र कुल लगानी ४४ अर्ब रहेको छ । चालु आ.व.को फागुन मसान्तसम्म कम्पनीले कुल बीमा शुल्क आम्दानी ६ अर्ब ८१ करोड गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।