जनता बैंकको सेयर रजिष्ट्रार अब काठमाडौं क्यापिटल

Apr 11, 2017 merolagani

जनता बैंक नेपाल लिमिटेड (JBNL) ले काठमाडौं क्यापिटल मार्केटलाई कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । अब जनता बैंकका करिब ५५ हजार शेयरधनीहरुले सेयर सम्बन्धि सम्पुर्ण कार्य काठमाडौ क्यापिटल मार्केट, काठमाडौ प्लाजा कमलादी मार्फत गर्नुपर्नेछ । यस अघि एनसीएम मर्चेन्ट एण्ड बैंकिङ्ग मार्फत हुँदै आएको थियो ।

हालै मात्र त्रिवेणी विकास बैंकसँग मर्जर सकाएर एकिकृत कारोबार थालेको जनताले सेयर सम्बन्धि कार्यका लागि काठमाडौं क्यापिटललाई जिम्बेवारी प्रदान गरेको हो । बैंक सिद्धार्थ डेभलपमेन्ट बैंकसँग एक्विजिशनको प्रकृयामा समेत रहेको छ । 

मंगलबार सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा जनता बैंकबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र काठमाडौं क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।