गरिमा विकास बैंक र फस्ट माइक्रोको कतिमा भयो सेयरमूल्य समायोजन ?

Apr 12, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जले गरिमा विकास बैंक (GBBL)  र फस्ट माइक्रोफाइनान्स कम्पनी (FMDBL) को बुधबार सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले गरिमाको ७० प्रतिशत हकप्रद तथा फस्र्ट माइक्रोको ५० प्रतिशत हकप्रदपछिको सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार गरिमा विकास बैंकको ७० प्रतिशत हकप्रद पछि सेयरमूल्य प्रतिकित्ता ३३५ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ३१८ रुपैयाँ रहेको छ । त्यस्तै ५० प्रतिशत हकप्रदपछि फस्र्ट माइक्रोफाइनान्सको सेयरमूल्य प्रति कित्ता एक हजार रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य एक हजार ७ रुपैयाँ रहेको छ । 

गरिमा विकास बैंकले बैशाख १४ गतेदेखि ७० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । मंगलबार सम्म कायम बैंकका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन ।

बैंकले एक सय रुपैँया अंकित मूल्यको ९० लाख ७६ हजार दुई सय ९६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । ७० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको पूँजी दुई अर्ब २० करोड रुपैँया हाराहारीमा पुग्नेछ ।

त्यस्तै राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने फस्ट माईक्रोफाईनाइन्स कम्पनीले पनि ५० प्रतिशत हकप्रद बिक्री गर्देछ । कम्पनीको हकप्रदमा चैत २९ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न पाउनेछन ।

फस्ट माईक्रो लघुवित्तले १३ करोड २२ लाख ५० हजार रुपैँया मूल्य बराबरको एक सय रुपैँया अंकित दरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।