एनसीसी बैंकले चुक्ता पूँजी पुर्याउन रोज्यो ५० प्रतिशत हकप्रदको बाटो, एक अर्बको बोनस दिनैपर्ने बाध्यता

Apr 13, 2017 Merolagani

नेपाल क्रेडिट एण्ड कमर्श बैंक(NCCB)ले राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पूँजी आठ अर्ब पुर्याउन ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको छ । बैंक संचालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय अनुमोदन गराउन बेसाख १५ सिद्धार्थनगरमा बिशेष साधारणसभा बोलाएको छ ।

एनसीसीले चार वटा ठूला बिकास बैंकलाई आफुमा गाभे पनि केही बिकास बैंकहरुको कर्जा असुलीमा समस्या देखिएपछि बोनस भने घोषणा गर्न सकेन । पछि आउने नियमित साधारणसभामा बोनस दिएर बाँकी पूँजी पुर्याउने गरी यो बर्ष ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णयमा बैंक पुगेको हो । एनसीसीले आफुमा गाभिएको एपेक्स लगायतका बिकास बैंकहरुको कर्जा असुली गर्न हालै एक अर्ब भन्दा बढीको धितो लिलामीमा निकालेको छ ।

एनसीसीको हाल चुक्ता पूँजी चार अर्ब ६७ करोड रहेकोमा ५० प्रतिशत हकप्रदपछि सात अर्ब नाघ्नेछ । बाँकी एक अर्ब चालु आर्थिक बर्षको खुद नाफा र बिकास बैंकहरुको स्वापबाट बचेको जगेडा कोषमा रहेको रकमबाट बोनस दिएर चुक्ता पूँजी आठ अर्ब पुर्याउने लक्ष्य लिएको देखिन्छ ।

चार वटा बिकास बैंकलाई आफुमा गाभ्दा समस्यामा परेको र अब अरुलाई गाभ्न संभव नभएपछि एक अर्बको बोनस बाड्नैपर्ने बाध्यता उसलाई छ । 

एनसीसीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा जम्मा सात करोड खुद नाफा गरेको भए पनि तेस्रो त्रैमासमा ब्यापक सुधार गरेको कुरा बित्तीय बिबरणमा उल्लेख गर्ने आशा गरिएको छ ।

६५ करोड रुपैयाँ निस्क्रिय कर्जा वापत प्रोभिजन गरेको बैंकको जगेडा कोषमा दुई अर्ब ३० करोड रुपैयाँ रहेको छ भने निस्क्रिय कर्जा अनुपात ४.८४ रहेकाले उसले आफुलाई तीब्र रुपमा सुधार्नै पर्ने बाध्यता छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।