सेन्चुरी बैंकले नयाँ योजनासहित सम्पन्न गर्यो साधारणसभा

Apr 13, 2017 merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले बिदेशी रणनीतिक साझेदार भित्र्याउन पहल गर्ने प्रस्ताव साधारणसभाबाट पारित गराएको छ ।  बैंकको छैठो साधारणसभाले गतबर्षको मुनाफाबाट दश प्रतिशत बोनस वितरणको प्रस्ताव पनि पारित गरेको छ भने थप पूँजी जोड्न अन्य संस्थासँग गाभ्ने गाभिने विकल्प पनि खुला राखेको छ ।



 बैकले इनोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको छ ।

सेञ्चुरीले १०० कित्ता सेयर बराबर इन्नेभेटिभ बैंकलाई ८५ र अरनिको डेभलपमेन्ट बैंकलाई ९० कित्ता सेयर दिएर किन्न लागेको हो । इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्टलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको बैंकले सगरमाथा फाइनान्स र अल्पाईन डेभलपमेन्ट बैंकलाई समेत प्राप्ती गर्ने सम्झौता गरिसकेको छ ।

हाल सेञ्चुरीको ३ अर्ब ६९ करोड रुपैँया चुक्तापूँजी रहेकोछ । गतबर्षको बोनस, चालीस प्रतिशत हकप्रद र चारवटा संस्था प्राप्तिपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्ने बैंकका प्रवत्ता शेखर बस्ताकोटीले जानकारी दिए ।

बैंकको साधारणसभाले वैदेशिक रणनीतिक साझेदार भित्र्याउन पहल गर्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ । त्यस्तै अर्को कुनै बैंक वा वित्तीय संस्था गाभ्ने, अर्को बैंकमा गाभिने वा एक आपसमा गाभ्ने गाभिने विकल्पलाई समेत खुला राखेको छ ।

सेञ्चुरीले दोस्रो त्रैमासमा खुद मुनाफा २२ करोड ३९ लाख रहेको छ । सो अवधिमा बैंकले ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब कर्जा प्रवाह गरेको छ ।

यस्तै सेञ्चुरीसँग एक्वायर हुने तयारीमा रहेको अरनिको डेभलपमेन्ट बैंकको विहीबारै सम्पन्न बिशेष साधारण सभाले पनि एक्वायर प्रस्ताव पारित गरेको छ । साथै इन्नोभेटिभ डेभलपमेन्ट बैंकले एक्वायरको प्रस्ताबसँगै गत असार मसान्तसम्म कायम चुक्ता पुँजीको २१.७५५ बोनस सेयर र कर तिर्न १.१४५ नगद लाभांस दिने प्रस्ताव समेत पारित गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।