लक्ष्मी बैंकको हकप्रदमा वैशाख ३ गतेदेखि जेठ ७ गतेसम्म आवेदन गर्न सकिने

Apr 15, 2017 merolagani

लक्ष्मी बैंक (LBL) ले बैशाख ३ गते आइतबार देखि शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद सेयरको बिक्री गर्देछ । बैंकले शतप्रतिशत हकप्रद प्रस्ताव गरेको दुई बर्षपछि तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैँया बराबरको तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद जारी गरेकोे हो ।

लक्ष्मी बैंकको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पाएको छ । बैकको सेयरमा चैत १७ गतेसम्म सेयरधनी बनेका लगानीकर्ताले जेठ ७ गतेसम्म लक्ष्मी बैंक तथा सिद्धार्थ क्यापिटलबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

यस अघि प्रोफेसनल दियालो विकास बैंकलाई समेत गाभेर एकिकृत कारोबार थालेको बैंकले उक्त विलय पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्न गरको हो ।

अहिले बैंकको चुक्ता पूँजी तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ रहेको छ । सोही पूँजी बराबरको शतप्रतिशत हकप्रद निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ३२ करोडको हाराहारीमा पुग्ने छ । उक्त पूँजीको १८ दशमलव २९ प्रतिशत बोनस बाँडेपछि बैंकको चुक्ता पूँजी साढे सात अर्ब रुपैँया नाघ्नेछ ।

गत आर्थिक वर्षको कमाईबाट हकप्रदले समेत पाउनेगरि १८.२९ प्रतिशत दिने भएको छ । यस अघि बैंकले प्रोफेशनल दियालोको पूँजी र हकप्रदलाई समायोजन नगरी ३८ प्रतिशत बोनस प्रस्ताव गरेकोमा त्यसलाई पनि गणना गर्दा १८ दशमलव २९ प्रतिशत बोनस हुने भएको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।