बोनस वितरण गर्न सेयरधनीसँग माग्यो लुम्बिनी फाईनाइन्सले डिम्याट खाता

Apr 16, 2017 merolagani

लुम्बिनी फाईनाईनाइन्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेड (LFCL) ले गत आर्थिक बर्षको कमाईको वितरणयोग्य नाफाबाट प्रदान गरेको ३५ प्रतिशत बोनस प्रदान गर्न सेयरधनीसँग हितग्राही (डिम्याट) खाता माग गरेको छ।

फाईनाइनाइन्सले सेयर बिक्री प्रबन्धक भिबोर क्यापिटल कृष्ण गल्ली ललितपुरमा सेयरधनीको नाम, सेयरधनी परिचय नम्बर, निक्षेप सदस्यको नाम, हितग्राही खाता नं, सेयरधनीको दस्तखत सहितको विवरण उपलब्ध गराउन भनेको हो ।

कम्पनीले प्रदान गर्ने बोनस सिधै सेयरधनीको खातामा नै प्रदान गर्ने भएकाले हालसम्म सेयर डिम्याट नगराएका सेयरधनीलाई निक्षेप सदस्यकोमा खाता खोली सेयर डिम्याट गराउन पनि कम्पनीले सूचित गरेको छ । 

लुम्बिनी फाईनाईनाइन्स एण्ड लिजिङ्ग लिमिटेडको गत पुस २९ गते सम्पन्न भएको २१ औं बार्षिक साधारणसभाले सेयरधनीलाई ३५ प्रतिशत बोनस प्रदान गर्ने निर्णय गरेको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।