१७५ प्रतिशत हकप्रद बेचेको मन्जुश्री फाईनान्सले बनाउँदैछ १० प्रतिशत बोनस दिने हैसियत

Apr 16, 2017 Merolagani

मन्जुश्री फाईनान्स(MFIL)ले नेपाल राष्ट्र बैंकले तोकेको ८० करोड चुक्ता पूँजी कायम गर्न गत बर्षको खुद नाफाबाट १४ प्रतिशत बोनस पछि १७५ प्रतिशत हकप्रद बिक्री गरेपछि धेरैले कम्पनीले बढेको पूँजी अनुसारको प्रगति गर्न नसक्ने आशंका गरेका थिए तर चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म कम्पनीले संचालन नाफा ४४ प्रतिशतले बढाएर आशलाग्दो प्रगति गरेको छ ।

फाईनान्सका प्रमुख कार्यकारी संतोष निरौलाले मेरोलगानी डटकमलाई बताउनु भए अनुसार कम्पनीले यस बर्षको तेस्रो त्रैमाससम्म सात करोड १० लाख संचालन मुनाफा आर्जन गरेको छ । यो रकम गत बर्षको सोही अवधिको तुलनामा ४४ प्रतिशतले बढी हो । त्यस्तै कम्पनीले निक्षेप संकलन पनि गत बर्षको भन्दा ६० प्रतिशत बढी अर्थात तीन अर्ब २६ करोड पुर्याएको छ, यो गत बर्षको सोही अवधिमा दुई अर्ब चार करोड मात्र थियो । दोस्रो त्रैमासको तुलनामा कम्पनीले आठ करोड बढी निक्षेप संकलन गरेको छ । त्यस्तै कर्जा प्रबाह तर्फ कम्पनीले झण्डै ७८ प्रतिशत प्रगति गरेको छ । गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ८७ करोड मात्र कर्जा प्रबाह गरेकोमा यस बर्षको सोही अवधिमा तीन अर्ब ३२ करोड पुर्याएको छ । दोस्रो त्रैमाससम्म दुई अर्ब ९७ करोड कर्जा प्रबाह गरेकोमा तेस्रो त्रैमाससम्ममा त्यसलाई ३५ करोडले बढाएको छ ।

कम्पनीको निस्क्रिय कर्जा अनुपात गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा झण्डै पाँच प्रतिशतको हाराहारीमा पुगेकोमा अहिले ब्यापक सुधार गरी तीन प्रतिशत हाराहारीमा ल्याउन सफल भएको छ ।

कम्पनीले हाल हकप्रदमा नबिकेको नौ लाख ३५ हजार संस्थापक र ६९ हजार साधारण सेयर लिलाममार्फत बिक्री गरिरहेकाले त्यसबाट आउने अंकित मूल्य भन्दा बढी रकम समेत चालु बर्षको बोनस सेयर बितरणमा खर्च गर्न पाउनेछ । हकप्रद सेयरमा लिलाम सकार्ने अवधि यही चैत्र पाँच गतेसम्म रहेको कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पूँजी ८० करोड पुर्याउन यस बर्षको खुद नाफाबाट १० प्रतिशत बोनस दिनैपर्ने बाध्यता रहेकाले त्यो भन्दा बढी क्षमता राख्ने गरी प्रगति गर्नु कम्पनीलाई अनिबार्य बन्न गएको छ ।

राम्रो बाणिज्य बैंक पाए मर्ज र एक्विजिशनमा पनि जाने रणनीति बनाएर अघि बढेको फाईनान्सले खराब कर्जाहरुको असुलीलाई कडाईका साथ अगाडि बढाएको बुझिएको छ ।

सम्बन्धित समाचारहरु 

बेचिने र मर्ज भए बाणिज्य बैंकसँग हो - सन्तोष निरौला, प्रमुख कार्यकारी, मन्जुश्री फाईनान्स

मन्जुश्री फाईनान्स सेयर लिलामी खुल्यो

मन्जुश्रीको साढे १० लाख कित्ता सेयर लिलामको सूचना

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।