दुई सय प्रतिशत हकप्रद जारी गर्न हाम्रो विकास बैंकले बैशाख ११ गते तोक्यो बुकक्लोज

Apr 16, 2017 merolagani

हाम्रो विकास बैंक जारी गर्न लागेको हकप्रदका लागि बैशाख ११ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । बैंकले चुक्ता चुक्ता पूँजीको दुई सय प्रतिशत अर्थात ३० करोड ५८ लाख ३३ हजार ९ सय रुपैँया मूल्य बराबरको ३० लाख ५८ हजार ३३९ कित्ता सेयर जारी गर्न लागेको हो ।

 

गत बर्षको कमाईबाट २५ प्रतिशत बोनस वितरण गरेको बैंकको बोनस तथा दुई सय प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैँया पुग्नेछ ।

तीन जिल्ला कार्यक्षेत्र र १५ करोड २९ लाख रुपैँया चुक्ता पूँजीको हाम्रोले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन थप चार करोड १३ लाख रुपैँया बैंकले बोनस जारी गरेर पुरा गर्ने साधारणसभाबाट निर्णय गरेको छ ।

चालु आर्थिक बर्षको पुस मसान्तसम्म २८ रुपैँया १३ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको दुई सय प्रतिशतले पूँजी वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि घट्न जाने भएकाले महँगो मूल्यमा उचालिएर सेयर किन्नु घातक हुनसक्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।