सिद्धार्थ बैंक, लुम्बिनी इन्स्योरेन्स र युनाईटेड फाईनाइन्स हकप्रद स्वीकृति माग्दै पुगे धितोपत्र बोर्ड

Apr 16, 2017 merolagani

सिद्धार्थ बैंक (SBL), लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) र युनाईटेड फाईनाइन्स (UFL) हकप्रद स्वीकृति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । सिद्धार्थ बैंकले चुक्ता पूँजीको ३० प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सले शतप्रतिशत र युनाईटेड फाईनाईन्स कम्पनीले २० प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्ड समक्ष अनुमति माग गरेका हुन् ।

सिद्धार्थ बैंकको चुक्ता पूँजी पाँच अर्ब २५ करोड आठ लाख ५९ हजार रुपैँया रहेको छ । बैंकले चुक्ता पूूँजीको ३० प्रतिशत बराबरको एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार ८१३ रुपैँया बराबरको एक सय रुपैँया अंकित दरका एक करोड ५७ लाख ५२ हजार पाँच सय ७८.१३ कित्ता हकप्रद जारी गर्न लागेको हो । कम्पनीको सेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट रहेको छ । यसअघि पनि सिद्धार्थ बैंकले गत कात्तिक ११ देखि मंसिर १५ गतेसम्म ७५ लाख ५५ हजार १९३ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।

लुम्बिनी जनरल इस्योरेन्सले चुक्ता पूँजी ३९ करोड रुपैँया बराबरको ३९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । निर्जिवन बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाएर एक अर्ब पुरयाउनुपर्ने प्रावधान अनुरुप कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर रजिष्ट्रार सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।

इस्योरेन्सको १२ औं वार्षिक साधारणसभाले १८.१८ प्रतिशत बोनसपछि शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हकप्रदपछि कम्पनीको चुक्तापूँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।

त्यसैगरि युनाईटेड फाईनाइन्सको  चुक्ता पूँजी ६७ करोड २७ लाख रुपैँया रहेको छ । कम्पनीले चुक्ता पूँजीको २० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । फाईनाइन्सले १३ करोड ४५ लाख ४१ हजार ९५ रुपैँयाको एक सय रुपैँया अंकित दरका १३ लाख ४५ हजार चार सय १०.९५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ८० करोड ७२ लाख ४६ हजार ५७० रुपैँया पुग्नेछ ।

फाईनाइन्स कम्पनीको सेयर रजिष्ट्रार नबिल ईन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । फाईनाइन्सले यसअघि पनि २५ प्रतिशत हकप्रद बेचेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।