एन आई सी एशिया बैंकले बचत खाताको ब्याजदर ८ प्रतिशत पुर्यायो, 'समुन्नती बचत खाता' सार्वजनिक

Apr 16, 2017 merolagani

एन आई सी एशिया बैंकले नयाँ बचत खाता “समुन्नती बचत खाता” शुरुवात गरेको छ । सर्वसाधारण जनतालाई बचत खाता मार्फत अधिकतम व्याज उपलब्ध गराउने उद्देश्यका साथ सुरुवात गरिएको यस बचत खातामा शून्य मौज्दातमा वार्षिक ८% का दरले ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।

वार्षिक ८% ब्याज दिई शुरुवात गरिएको यो बचत खातामा निःशुल्क डेबिट कार्ड, निःशुल्क एस एम एस र इन्टरनेट बैंकिङ्ग सुविधा रहेको छ ।

त्यस्तै  दैनिक पाँच लाख रुपैयाँ सम्म कुनै पनि शाखाबाट निःशुल्क कारोबार गर्न सकिने तथा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुट प्रदान गरिने बैंकका कर्पोरेट कम्युनिकेशन, ब्राण्डिङ्ग तथा सि एस आर म्यानेजर सरोज भट्टराईले जानकारी दिए ।

एन आई सी एशिया बैंकले सबै वर्ग, उमेर समुह, पेशा तथा लिङ्गलाई समावेश गरी आफ्ना विभिन्न बंैकिङ्ग सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको छ ।

हाल यस बैंकले देश भरि छरिएर रहेका आफ्ना १०२ शाखा मार्फत उत्कृष्ट बैकिङ्ग कारोबार सञ्चालन गरेको र निकट भविष्यमा थप शाखा सञ्चालन गर्ने उद्देश्य लिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।