चैते धान खेती गर्ने कृषकलाई बिमा गर्न आग्रह,बिमा गरेका कृषकले अनुदान पाउने

Apr 16, 2017 merolagani

चैते धान खेती गर्ने कृषकलाई सरकारले अनुदान दिने भएकोले कृषकलाई बाली विमा गर्न जिल्ला कृषि विकास कार्यालय धादिङले आग्रह गरेको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बिमा गरेका कृषकलाई मात्र अनुदान दिन मिल्ने भएकाले चैते धानबाली खेती लगाएका कृषकले बाली बिमा गर्नुपर्नेमा जोड दिए।

वृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत एक सय हेक्टरका लागि सरकारले रु पाँच लाख अनुदान दिने भएको छ ।

कृषकले अनुदान प्राप्त गर्नका लागि चैते धान लगाएपछि धानबालीको बिमा गर्नुपर्नेमा हालसम्म कुनैपनि कृषकले सिफारिस लिन आएका छैनन ।

जिल्लामा धानबाली बिमा गर्दा कृषकले बिमा रकमको २५ प्रतिशत र सरकारले ७५ प्रतिशत दिने भएकोले सरकारले बिमाको रकम दिनका लागि जिल्ला कृषि विकास कार्यालयको फिारिस लिनुपर्ने हुन्छ ।

धादिङ जिल्लामा दुई हजार ५१५ हेक्टर जमिनमा चैते धान खेती गरिएको सो कार्यालयले जनाएको छ । अनुदान पाउनका लागि प्रति हेक्टर चार टन धान उत्पादन गर्नुपर्नेहुन्छ ।

धादिङबेँसीमा इन्सेकले आयोजना गरेको सेवा प्रदायक र सेवाग्राही बीचको अन्तक्र्रिया कार्यक्रममा कृषकले बिमा नगर्दा अनुदानसमेत नपाउने भएकोले आधारभूत कृषकसम्म सूचना पु¥याउने व्यवस्थाका लागि सेवाग्राहीले माग गरेका छन् । रासस

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।