६५ प्रतिशत बोनसपछि कालिका माइक्रोक्रेडिटको कतिमा भयो सेयरमूल्य समायोजन ?

Apr 18, 2017 merolagani

नेपाल स्टक एक्सचेन्जले मंगलबार कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक (KMCDB) को सेयर मूल्य समायोजन गरेको छ । कालिकाको ६५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता सेयरमूल्य १५ सय ७५ रुपैयाँमा कायम भएको छ ।


कालिकाको औसत आधार मूल्य भने ८३८ रुपैयाँ छ । कालिकाले ६५ प्रतिशत बोनस सेयर पारित गराउन बैशाख २३ मा साधारण सभा बोलाएको छ ।

कालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ३९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कालिकाको चुक्ता पुँजी पाँच करोड रुपैयाँ छ भने रिजर्भ कोषमा सात करोड ५४ लाख ६२ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ २५० रुपैयाँ ९२ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।