कैलाश विकाश बैंकको अध्यक्ष र प्रमुख कार्यकारी दुवै फेरिए

Apr 18, 2017 merolagani

कैलाश विकास बैंक(KBBL) मा एकैसाथ संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत फेरिएका छन । बैंकको बैशाख ४ गते बसेको संचालक समितिको बैठकले बैंकका संचालक नारायण प्रसाद पौडेललाई अध्यक्ष तथा अमृतचरण श्रेष्ठलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।



बैंकले अध्यक्ष तथा कार्यकारीमा नियुक्त भएका पौडेल र श्रेष्ठलाई आगामी जेठ १४ गते देखि लागु हुने गरी चार वर्षको लागि नियुक्त गरेको हो ।

यसअघि बैंकको अध्यक्षमा राजेन्द्र गिरी थिए भने प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने रहेका थिए ।

हालका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको दुई कार्यकाल जेठ १३ गते समाप्त हुने भए पछि संचालक समितिले अमृतचरण श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

श्रेष्ठ यसअघि एनसिसी बैकका प्रमुख कार्यकारी अधिकृत थिए । नवनियुक्त सीइओ श्रेष्ठसँग ३० वर्ष बैंकिङ गरेको अनुभव छ । एनसीसी बैंक अघि उनी नविल बैंकका निमित्त सीइओ थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।