ज्योति विकास बैंक र सहयोगीले पाए हकप्रद निष्कासनको अनुमति

Apr 18, 2017 merolagani

ज्योति विकास बैंक (JBBL) र सहयोगी विकास बैंक (SBBLJ) ले धितोपत्रबोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएका छन । ज्योतिले शतप्रतिशत तथा सहयोगीले ३५ प्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन गरेका थिए । ज्योति राष्ट्रियस्तरको तथा सहयोगी तीन जिल्ले कार्यक्षेत्र भएका बैंक हुन ।

ज्योतिले एक बराबर एकको अनुपातमा हाल कायम चुक्ता पूँजी बराबरको हकप्रद निष्काशनको अनुमति मागेको हो । ज्योतिले एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता सेयर निष्काशनको अनुमति पाएको छ ।

अहिले ज्योतिको चुक्ता पूँजी एक अर्ब १० करोड ४३ लाख १७ हजार रुपैंया छ । प्रस्तावित हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब २० करोड ८७ लाख रुपैंयाको हाराहारीमा पुग्नेछ ।

हालसालै राप्ती भेरी विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको बैंकले उक्त बैंकल खरिद गरेपश्चात पश्चात चुक्ता पूँजी दुई अर्ब ३७ करोड हाराहारीमा पुग्ने बैंकले जनाएको छ ।

सहयोगि विकास बैंकले पनि हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रदको निष्कासनको अनुमति पाएको छ । जनकपुरमा मुख्य कार्यालय रहेको तीन जिल्ले सहयोगी विकास बैंकले १० कित्ता बराबर तिन दशमलव पाँच कित्ताका दरले ११ लाख एक हजार एक सय ३५ कित्ता हकप्रद जारी गर्ने अनुमति पाएको हो ।

बैंकको चुक्ता पूँजी ३१ करोड ४६ लाख रुपैँया रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४२ करोड ४७ लाख रुपैँया पुग्नेछ । बैंकलाई राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन अब सात करोड ५३ लाख रुपैँया कम हुनेछ । यसलाई बैंकले बोनस वा मर्जरबाट पुरा गर्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।