एनआईसी एशिया बैंकले तेस्रो त्रैमासमा गरेको प्रगतिलाई कसरी हेर्ने ?

Apr 19, 2017 Merolagani

एनआईसी एशिया बैंक(NICA)ले गत त्रैमासमा ब्याज दर परिवर्तन र कर्जा असुलीमा गरेको कडाईले ठूलै हलचल ल्यायो । त्यसैको परिणाम उसले तेस्रो त्रैमासिक बित्तीय बिबरणमा देखाउँन सकेको छ । हेरौं उसको तेस्रो त्रैमासिक बित्तीय बिबरणमा मेरो लगानी बिश्लेषणः

(रकमलाई करोडमा देखाईएको छ । यसअघिको समाचारमा गत बर्ष तेस्रो त्रैमासको चुक्ता पूँजी ३६९ करोड हुनुपर्नेमा अन्यथा भएकाले सच्याईएको छ । )

एनआईसी एशिया बैंकले चुक्ता पूँजी निकै बढाएर निक्षेप संकलन र कर्जा बिस्तारलाई पनि उत्तिकै प्राथमिकतामा राखेको पाईएको छ । खुद नाफामा मारेको छलाड.सँगै निस्क्रिय कर्जा घटाउन सक्नु र प्रतिसेयर आम्दानीलाई सन्तुलनमा राख्नसक्नु उसको सफलता हो । बैंकले आकर्षक प्रगति गरेको बिबरण पस्किएर यसअघि ब्याज दर परिवर्तन र कर्जा असुलीमा कडाई गर्दा आँत्तिएका लगानीकर्ता र ऋणीबाट खेपेको आलोचनालाई बिर्साउन खोजेको देखिन्छ । समग्रमा बैंकको प्रगति धेरै उत्साहप्रद छ ।

बैंकको ईक्विटीमा प्रतिफल १८.०७ प्रतिशत हुनु र मूल्य आम्दानी अनुपात साढे १८ गुणा मात्र हुनुले उसको सेयरमा मूल्य नउचालिएको अबस्थामा लगानी गर्नु सुरक्षित नै देखिन्छ ।

बैकले तेस्रो त्रैमासमा स्पेड दर ३.५३ प्रतिशत र सीडी रेसियो ७८ प्रतिशत कायम गरेको छ । बैशाख महिनामा बचतको ब्याज दर बढाएर आठ प्रतिशतसम्म पुर्याएको बैंकको कोषको लागत चालु त्रैमासमा भने केही बढ्ने संभावना छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।