आईसीएफसी फाइनान्सले तेस्रो त्रैमाससम्ममा कमायो १६ करोड, चितवनमा थप्यो दुई शाखा

Apr 19, 2017 Merolagani

आइ.सी.एफ.सी. फाइनान्स (ICFC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड रुपैंया खुद नाफा कमाएको छ । फागुन मसान्तसम्ममा ११ करोड रुपैंया खुद नाफा कमाएको फाइनान्सले चैत मसान्तसम्ममा आई पुग्दा पाँच करोड रुपैंयाले खुद नाफा बढाएको हो ।

उसको खुद नाफा गत बर्षको तेस्रो त्रैमासमा सात करोड रहेकोमा यस बर्ष नौ करोडले बढाएको छ । 

८० करोड रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सले मुलुकभर शाखा बिस्तार गर्ने लक्ष्यका साथ चितवनमा एकै पटक दुई शाखा बिस्तार गरेको छ । फाइनान्सले बुधबार चितवनको जयमंगला तथा खुरखुरेमा १३ औं तथा १४ औं शाखा सञ्चालनमा ल्याएको हो ।

केही दिन अघि मात्र स्याङ्जाको गल्याङ्मामा १२ औं शाखा बिस्तार गरेको थियो ।  । यो सँगै फाइनान्सको शाखा सञ्जाल १४ पुगेको छ । बुधबार  फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत पन्तले फाइनान्स सेवाग्राहीलाई उच्चस्तरको वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले शहर केन्द्रित सेवा नभई अन्य स्थानमा सेवा बिस्तार गर्ने योजना अनुसार फाइनान्सले अरु शाखा पनि बिस्तार गर्दै लैजाने बताए ।

फाइनान्सले १४ वटा शाखा, एउटा एक्सटेन्सन काउण्टर तथा १० वटा ए.टी.एम. मार्फत आफ्ना ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

४१ हजार भन्दा बढी ग्राहकलाई सेवा दिंदै आएको फाइनान्सले ६ अर्व ४३ करोड रुपैंया निक्षेप संकलन गरी ५ अर्व ३८ करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

फाइनान्सले निकट भविष्यमै चितवन जिल्लाको ज्योतिनगरमा समेत शाखा सञ्चालन गर्ने जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।