आठौ साधारणसभाबाट पारित पचास प्रतिशत हकप्रद निष्कासनको लागि बैंकले धितोपत्रबोर्डमा आवेदन गरेको भएपनि अहिलेसम्म बोर्डले अनुमति दिएको छैन ।
साथै बैंकले गत आर्थिक बर्षको कमाइबाट २० प्रतिशत बोनस समेत प्रस्ताव गरेको छ ।हाल कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आठौ साधरणसभाबाट पारित पचास प्रतिशत हकप्रद बिक्री गर्दा बैंकको चुक्तापूँजी दश करोड ५० लाख रुपैयाँँ हाराहारी पुग्नेछ ।
बैंकले एक करोड ४० लाख बराबरको बोनस दिदा बैंकको पूँजी ११ करोड ९० लाख नाघ्नेछ । त्यसपछि बैंकले नवौ साधारणसभाले प्रस्ताव गरेको ५० प्रतिशत हकप्रद बिक्री गर्दा बैंकको पूँजी झण्डै १८ करोडको हाराहारीमा पूग्नेछ । चालु आर्थिक बर्षको बोनसबाट बैंकले थप दुई करोड पूँजी थपेमा बैंकको पूँजी २० करोडको हाराहारीमा मात्र पुग्ने देखिन्छ ।
काबेली विकास बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार ०७४ असारसम्म ५० करोड पूँजी पुर्याउनुपर्ने हुन्छ । जसका लागि बैंकले नवौ साधारणसभाबाट मर्जर तथा एक्विजिशनमा जाने प्रस्ताव समेत पारित गर्देछ । साथै बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ५१ : ४९ कायम गर्ने भएको छ ।
बोनस र आठौ साधारणसभाबाट पारित हकप्रद सेयर पाउनको लागि बैशाख १२ गतेसम्ममा सेयर किनिसकेको हुनुपर्नेछ । बैंकले वैशाख १३ गतेदेखि २७ गतेसम्म सेयर दाखिल खारेज दर्ता बन्द रहने जनाएको छ ।
यसरी हकप्रद माथि हकप्रद बिक्री गरेर संचालक र लगानीतकर्तालाई हकप्रदको भारी बोकाउन भन्दा उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्ज वा एक्विजिशनमा जानु नै बैंकका लागु सबैभन्दा उपयुक्त विकल्प देखिन्छ ।