एनबी इन्स्योरेन्स र सिटिजन्स बैंकबिच बैंकास्योरेन्स सम्झौता

Apr 19, 2017 Merolagani

एनबी इन्स्योरेन्स र सिटिजन्स बैंक इन्टरनेशनलका बिचमा बैंककासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात सिटिजन्स बैंकका सेवाग्राहीले मुलुकभर रहेका सिटिजन्स बैंकका शाखाहरुबाट एनबी इन्सुरेन्सका निर्जीवन बीमा सेवा पाउने बताइएको छ ।

एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले सिटिजन्स बैंकसँगको सहकार्य पछि बीमा योजना तथा सेवा विस्तार हुने, र व्यापारिक प्रतिष्ठान, उद्योगी, व्यवशायी लगायत सेवाग्राहीसँग राम्रो सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

एनबी इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेश्रोे त्रैमाससम्ममा ५० करोड रुपैँयाको बीमा शुल्क आर्जन गरेको विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।