बैंकले प्रति कित्ता एक सय रुपैयाँका अंकित मूल्यको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
बैंकको हकप्रद निष्काशन जेठ १० गते बन्द हुँदैछ । बैंकको हकप्रद सेयरमा गर्नु पर्ने आवेदनको विबरण अनलाइनमा हेर्न यहाँ क्लिक गर्नु होस् । साथै बैंकले अनलाइनमा राखेको हकप्रदको आवेदन फारम यहाँ क्लिक गरेर डाउनलोड गरी प्रिन्ट गरेर बुझाउन सकिन्छ । हकप्रदको आवेदन नेपाल बंगलादेश बैंकका सबै शाखा कार्यलयका साथै ग्लोबल आईएइमई क्यापिटल नाचघर, जमलबाट गर्न सकिन्छ ।
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब एक करोड रुपैयाँ रहेको छ । हकप्रदपछि बैंकको पूँजी करिब ७ अर्ब २२ करोड ११ लाख रुपैँया पुग्नेछ ।