बीमा समितिको पूँजीवृद्धि योजनाले नेशनल लाईफको हकप्रद प्रभावित, लगानीकर्तालाई के फाइदा?

Apr 20, 2017 merolagani

नेशनल लाईफ इन्स्योरेन्स (NLICL) ले यसअघिको साधारणसभाबाट पारित गरेको हकप्रद सेयरको अनुपात परिमार्जन गरेको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरुले आगामी ०७५ असारसम्म चुक्तापूँजी दुई अर्ब पुर्याउनु पर्ने निर्देशन जारी गरेपछि नेशनल लाइफले हकप्रद हेरफेर गर्दे थप बोनस वितरणको प्रस्ताव गरेको छ ।



कम्पनीले २८ औ बार्षिक साधारणसभाबाट कायम भएको चुक्तापूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने यस अघिको निर्णयलाई परिमार्जन गरी हकप्रद ७५ प्रतिशतमा झारेको छ भने थप २५ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको हकप्रद तथा बोनस बीमा समितिको स्वीकृतिपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई बिक्री तथा वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीको यो निर्णयले एकैबर्ष कम्पनीका लगानीकर्ताले दुईपटक बोनस पाउने भएका छन भने हकप्रदको भारीबाट समेत केही आराम मिल्ने देखिएको छ ।

कम्पनीले आर्थिक बर्ष ०७१/०७२ को मुनाफाबाट ३० प्रतिशत बोनस वितरण गरेर चुक्ता पुँजी एक अर्ब ३२ करोड ४८ लाख ६३ हजार रुपैयाँ पुर्याएको छ  ।

उसले लगानीकर्तालाई आर्थिकबर्ष ०७२/०७३ को मुनाफाबाट २५ प्रतिशत बोनस प्रस्ताव गरेर हकप्रदको मात्र घटाएको हो ।  अब कम्पनीले उक्त पूँजीको ७५ प्रतिशत हुन आउने ९९ करोड ३६ लाख बराबरको हकप्रद बिक्री गर्ने छ भने ३३ करोड १२ लाख रुपैयाँ बराबर अर्थात २५ प्रतिशत बोनस वितरण गर्ने भएको छ । 

 

कम्पनीको ७५ प्रतिशत हकप्रद र बोनसपछि पूँजी दुई अर्ब ६४ करोड नाघ्ने छ ।

नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आठ करोड ५० लाख आठ हजार रुपैयाँ खुद नाफा कमाएको छ । समिक्षा अवधिमा १३ अर्ब नौ करोड बढी रकमको जीवन बीमा कोषलाई बढाएर इन्स्योरेन्सले १५ अर्ब ७८ करोड ८३ लाख २६ हजार रुपैयाँको बनाएको छ । त्यसै गरी महाबिपत्ति कोषमा सात करोड ६० लाख १३ हजार रुपैंया राखेको कम्पनीले दुई अर्ब नौ करोड ४८ लाख ८७ हजार रुपैंया कुल बीमा शुल्क आर्जन गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।