नेपाल लाईफको एफपीओ सहित विहीबार नेप्सेमा एकैदिन २ करोड कित्ता सेयर सुचिकृत, कसको कति ?

Apr 20, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा विहीबार ११ कम्पनीको बोनस तथा एक कम्पनीको एफपीओ सुचिकृत भएका छन् । नेप्सेमा सेयर सुचिकृत गराउने कम्पनीहरुमा नेपाल लाईफले एफपीओ सुचिकृत गराएको हो भने अन्य कम्पनीहरुले बोनस सेयर सुचिकृत गराएका हुन् ।

यसरी बोनस सुचिकृत गराउने कम्पनीहरुमा बाणिज्य बैंकमा नेपाल एसबिआई बैंक रहेको छ । जलविद्युत्त कम्पनी बुटवल पावर लिमिटेड पनि विहीबार नै बोनस सुचिकृत गराएको छ । त्यस्तै विहीबार नै बोनस सुचिकृत गराउने तीनवटा विकास बैकहरुमा पुर्णिमा विकास बैंक, अल्पाईन डेभलपमेन्ट र साहारा विकास बैंक रहेका छन् ।

लुम्बिनी फाईनाइन्स, गुहेश्वरी मर्चेन्ट र सेन्ट्रल फाईनान्स लिमिटेडले पनि विहीबार नै बोनस नेप्सेमा सुचिकृत गराएका छन् । साना किसान बैंक, समिट माईक्रोफाईनाईन्स र मेरो माईक्रोफाईनाईन्स गरि तीन लघुवित्त कम्पनी समेत विहीबार नै सुचिकृत गराउने कम्पनीहरु रहेका छन् ।

हेर्नुहोस् कुन कम्पनीले कति सेयर सुचिकृत भयो ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।