दशौ बार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकले ल्यायो 'दशक बचत खाता',बिभिन्न संस्थालाई ४७ लाख सहयोग

Apr 20, 2017 merolagani

सिटिजन्स बैंक (CZBIL) ले दशौं वर्ष पुरा गरेको अवसरमा सिटिजन्स दशक बचत खाता शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष शंकर प्रसाद शर्माले सो खाताको शुभारम्भ गरे । साथै बैंकले बिभिन्न संघसंस्थालाई ४७ लाख सहयोग गरेको छ ।



न्यूनतम मौज्दात ५ हजार रुपैयाँ राख्नुपर्ने यस खाातामा ५ प्रतिशत व्याजदरका साथै निःशुल्क ए.वि.वि.एस., निःशुल्क डिम्याट सेवा तथा लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

साथै बैंकले बिभिन्न संघसंस्थालाई ४७ लाख सहयोग गरेको छ । २०६४ बैशाख ७ गते देखि २० औ वाणिज्य बैंकको रुपमा बैंकिङ कारोबार सुरु गरेको यस बैंकले विहीबार आयोजना गरेको दशौ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा यस्तो सहयोग गरेको हो ।

बैंकले चितवन मानव सेवा आश्रम, संगीतकार संघ नेपाल, स्नो याक फाउन्डेसन, साथ र बेबी लाईफ होम, आरोग्य फाउन्डेसन, कमल निम्न माध्यामिक विद्यालय लगायत अन्य बिभिन्न संस्थालाई सहयोग गरेको हो ।

बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंकाका भेत्राण क्रिकेट खेलाडीहरु बिच आयोजना हुन लागेको क्रिकेट खेल सञ्चालनका लागि ३ लाख आर्थिक सहयोग गरेको छ । यी खेलकुद कार्यक्रमहरु लगायत बैंकले स्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममा ४७ लाखको योगदान गरेको बैंकले जनाएको छ । 

सिटिजन्स बैंकको खुद नाफा बढोत्तरीको मुख्य आधार के होला ?

बाणिज्य बैंकहरुले तेस्रो त्रैमाससम्ममा कति कमाए ? (आँकलनसहित)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।