सिद्धार्थ इन्स्योरेन्सले पायो धितोपत्र बोर्डबाट २० प्रतिशत हकप्रद जारी गर्ने स्विकृति

Apr 20, 2017 merolagani

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको १९.२३ प्रतिशत (५.२ कित्ता बराबर १ कित्ता) हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट स्विकृति पाएको छ ।  कम्पनीले चुक्ता पूँजी ४४ करोड ८३ लाख २३ हजार रुपैँयाको १९.२३ प्रतिशतले हुन आउने एक सय रुपैँया अङ्कित दरको ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद शेयर चाँडै निश्काशन गर्नेछ । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । इन्स्योरेन्स कम्पनीले अबको दुइ महिनाभित्रै लक्ष्मी क्यापिटलमार्फत पाँच दशमलव दुई बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । 

कम्पनीको अघिल्लो बर्षको चौधौं बार्षिक साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्तावलाई कम्पनीको पन्ध्रो बार्षिक साधारण सभाबाट बोनस सेयरले समेतले पाउने गरी १९.२३ प्रतिशतमा झारेको हो ।

३० प्रतिशत बोनसपछि  कम्पनीको चुक्ता पूँजी ४४ करोड ४३ लाख २३ हजार पुगेको छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ४५ लाख ३५ हजार रुपैयाँ नाघ्नेछ । इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्ममा ८ करोड ३३ लाख ८८ हजार नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैँया १८ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।