लुम्बिनी फाइनान्सको १ सय बराबर भिवोर सोसाइटीको ८० कित्ता शेयर स्वाप रेशियोमा दुई कम्पनी मर्ज हुन लागेका हुन ।
साथै दुई कम्पनी गाभिएर बन्ने लुम्बिनी विकास बैंकले दश प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत साधारणसभाबाट अनुमोदन हुदँैछ ।
भिबोर सोसाइटीको चुक्ता पूँजी एक अर्ब ८१ करोड तथा लुम्बिनी फाइनान्सको ४१ करोड रुपैंया रहेको छ । दुई कम्पनी मर्जर भएपछि दश प्रतिशत हकप्रद र चालु आर्थिक बर्षको बोनसबाट नयाँ बन्ने बैंकको पूँजी दुई अर्ब पचास करोड पुग्ने देखिन्छ ।
केही समय अघि मात्र भिबोर विकास बैंक र सोसाइटी डेभलपमेण्ट बैंक मर्ज भएर भिबोर सोसाइटी बैंक बनेको थियो ।
यस बैंकको मर्जर प्रक्रियाको लागि २०७३ माघ २५ गतेबाट हालसम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहेको छ ।