डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रदमा वैशाख २५ सम्म आवेदन गर्न सकिने

Apr 21, 2017 merolagani

डिप्रोक्स लघुवित्त (DDBL) ले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने समयावधि थप गरेको छ । अब लघुवित्तको हकप्रदमा वैशाख २५ गतेसम्म आवेदन गर्न सकिनेछ । यसअघिको सूचना अनुसार हकप्रदको आवेदन बैशाख १० गते बन्द हुने बताइएको थियो ।

कम्पनीले एक सय रुपैंया अंकित मूल्यमा २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग रहेको छ ।

लघुवित्तको हकप्रदमा नबिल इन्भेष्टको कार्यालय नक्साल, काठमाण्डौं तथा डिप्रोक्स लघुवित्तका सबै शाखाहरुबाट आवेदन दिन सकिनेछ । गत फागुन २ गतेभन्दा अगाडि सेयर किनेका कम्पनीका लगानीकर्ताले हकप्रदमा आवेदन गर्न पाउनेछन । हकप्रद प्रयोजनका लागि कम्पनीले फागुन २ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

अहिले लघुवित्तको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया छ । हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ५१ करोड नाघ्नेछ । गतबर्षको बोनस समेत जोड्दा कम्पनीको पूँजी ६० करोड नाघ्नेछ ।

नबिल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, विकास आयोजना सेवा केन्द्र, लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लगायतका बैंक तथा वित्तीय क्षेत्रका बिशेषज्ञहरुको प्रत्यक्ष लगानी र वित्तीय सेवा मार्फत महिला सशक्तिकरण तथा गरिवी निवारणको मुख्य उद्देश्यका साथ लघुवित्तले ३६ जिल्लाका ६८ शाखाहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।