सेञ्चुरीले किनेको अरनिको डेभलपमेन्ट बैंकको यस्तो छ प्रगति

Apr 21, 2017 merolagani

सेञ्चुरी बैंकसँग एक्वायरमा गएको अरनिको डेभलपमेन्ट बैंक (ARDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा ५ करोड ६ लाख रुपैँया खुद नाफा आर्जन गरेको छ । गतबर्ष यहि अवधिमा बैंकले तीन करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले यस अवधिमा ४१ प्रतिशत बढी नाफा कमाएको छ ।

 

बैंकको चुक्ता पुँजी ३९ करोड ४४ लाख रूपैयाँ रहेको छ । बैंकले १७ प्रतिशत बोनस वितरण तथा ३६ प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पुँजी बढाएको हो ।

समिक्षा अवधिमा अरनिकोले ब्याज आम्दानीमा उल्लेख्य वृद्धि गरेका कारण खुद नाफा समेत बढेको हो । बैंकको खुद ब्याज आम्दानीबाट मात्रै ९ करोड ३१ लाख कमाएको छ ।

त्यस्तै बैंकले एक करोड ९१ लाख बराबरको खराब कर्जा समेत उठाएको छ । बैंकको खराब कर्जा शुन्य दशमलव ६७ प्रतिशतमा झारेको छ । बैंकले प्रतिसेयर आम्दानी १७ रुपैयाँ १३ पैसा कायम गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ र तरलता अनुपात ३०.९८ प्रतिशत रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।