स्ट्याण्डर्ड चाटर्डको एफपीओ दुई साताभित्र बाँडफाँड हुने

Apr 21, 2017 merolagani

स्ट्याण्डर्ड चाटर्डको एफपीओ दुई साताभित्र बाँडफाँड हुने भएको छ । नेपाल धितोपत्र बोर्डले स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ ५० दिनभित्र बाँडफाँट गरिसक्न निर्देशन दिएपछि अबको दुईसाता भित्रै बाँडफाँड गरिने भएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले सकभर ५० दिन अगावै बाँडफाँड गर्ने बताएको छ ।

हाल बजारमा देखिएको तरलताको असहज अवस्थालाई मध्यनजर गर्दै बोर्डले चार्टर्डको एफपीओ बाडाँडफाँड गर्न निर्देशन दिएको हो । 

चार्टर्डले गत चैत १ देखि ४ गतेसम्म एफपीओ बिक्री गरेको थियो । बोर्डको निर्देशन अनुसार बैंकको अफपीओ अबको दुइसाताभित्र बाँडफाँड गरिसक्नुपर्नेछ ।

बैंकले फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर निष्काशन गरेको थियो ।

चार्टडको एफपीअ‍ोमा दुई लाख २५ हजारभन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँको आवेदन दिएका थिए । यो बाँडफाँड भएपछि बजारमा तरलता सहज हुनुका साथै लगानीकर्तालाई समेत फाइदा पुग्ने बोर्डको अपेक्षा छ ।

बैंकको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गरेको छ । क्यापिटले पनि बोर्डले दिएको निर्देशन बमोजिम एफपीओको बाँडफाँड गर्ने तयारी थालेको छ । क्यापिटलका मर्चेन्ट बैकिङ प्रमुख कमल नेपालले बोर्डले दिएको समयसिमा भन्दा पनि केही दिन अगावै एफपीओ बाँडफाँड गर्नेगरी काम थालिसकेको जानकारी दिए ।

धितोपत्र बजारमा सार्वजनिक निष्काशन कार्यलाई सहजीकरण गर्ने तथा धितोपत्रको बाँडफाँड एवं सूचीकरण समयावधी घटाउने उदेश्य अनुरुप आस्वा प्रणाली कार्यान्वयन भएको अवस्थामा बाँडफाँट छोट्याउन धितोपत्र बोर्डको निर्देशन आएको हो । यस अघि पनि बोर्डले नेपाल लाइफ लगायतको सार्वजनिक बाँडफाँड छिटो गराउन केही कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार ३३३ रुपैयाँ हुनेछ । यसैगरी, चार्टर्डको संस्थापक सेयरधनीहरुको सेयर स्वमित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।