हाम्रो प्रोडक्ट गुणस्तरीय भएर नै २० वटा बनाउँदा ६० वटाको माग आउँछ- विजय राजभण्डारी, अध्यक्ष, सिई कन्स्ट्रक्सन

Apr 22, 2017 merolagani

सिई कन्स्ट्रक्सन प्रालि - पूर्वाधार निर्माण र बिकास गर्ने कम्पनी । जसले आफ्नो स्थापनाको २५ बर्ष पार गरेको छ । २५  बर्षको अवधिमा यो कम्पनीले २६५ भन्दा बढी प्रोजेक्टहरु निमार्ण गरेको छ । हाल ४५ वटा प्राजेक्टहरुमा काम गरिरहेको कम्पनीले निकट भविष्यमा पर्यटन,जलविद्युत लगायतका  आयोजनाहरु निमार्ण गर्ने योजना बनाएको छ । यसै सन्दर्भमा सिई कन्स्ट्रक्सन प्रालिका अध्यक्ष विजय राजभण्डारीसँग मेरोलगानीले गरेको कुराकानी ।

अमेरिकामा अध्ययन, अमेरिकाकै प्रतिष्ठित आयोजनाहरुमा प्रोजेक्ट म्यानेजरको काम गरेको एउटा नेपाली युवा २५ बर्ष अगाडि के सोचेर नेपाल फकिई निर्माण पेशामा लाग्यो ?

मैले कन्स्ट्रक्सनमा मास्टर्स गरिसकेको थिए । अमेरिकामा पढ्दाखेरी त्यँहाको एकजना वल्र्डकै वेस्ट प्रोफेशरले ईन्टरपिनरसिप कोर्ष पढाएको थिए । उनले ईन्जिनियरहरु नै राम्रो ईन्टरपिनरसिप बन्न सक्छन भनेका थिए   । पढाई पुरा गरेर त्यहाँकै एक प्रतिष्ठित कम्पनीमा प्रोजेक्ट मेनेजरको रुपमा तीन बर्ष जति काम गरेपछि नेपालमै गएर केही राम्रो गर्न सकिन्छ भन्ने लाग्यो । नेपालमा डेभलपमेन्टको कामहरुमा अवसरै-अवसर थियो । यो अवसरलाई किन सदुपयोग नगर्ने भनि म १९९२ मा नेपाल फर्किएँ र ईन्टरपिनरसिपको माध्यमबाट डेभलपमेन्ट गतिविधीमा सहभागी भए ।

त्यो समयमा अमेरिका पुगेर उच्च डिग्री हासिल गरेको मान्छे उतै सेटल हुन पनि सकिन्थ्यो नि, हैन ?

मैले बुझेको कुरा, आफुले सिकेको सिप,ज्ञान, अरुलाई जति सिकाउन सकियो, त्यति उन्नति हुँदै जान्छ भन्ने हो । मैले अमेरिकामा प्रोजेक्ट म्यानेजरको काम पाए पनि म जस्ता प्रोजेक्ट म्यानेजर कयौ थिए । त्यहाँ आफुले सोचेजस्तो पनि गर्न पाइँदैनथ्यो, यहाँ अवसर नै अवसर भयो । अर्को यहाँ जुन प्रिमियम पाइन्छ, अमेरिका कहाँ पाइन्थो ? अर्को कुरा यहाँ देश विकासमा पनि प्रत्यक्ष सहभागी हुन पाइयो ।

म त्यतिबेला नेपाल आउँदा प्राइभेट रुपमा अरुले काम गर्न पाउँदैनथ्यो, चिनियाँहरुको बोलवाला थियो । मलाई लाग्छ नेपालबाट निमार्ण क्षेत्रमा चिनियाँहरु विस्थापित गराउने हामी पहिलो कम्पनी हो ।

हामीले यहाँ घरबाट एउटा टेबल र तीन वटा कुर्ची ल्याएर सुरु गरेको विजनेश हो । जब कन्स्ट्रक्सन विजनेश सुरु गरें, मलाई के लाग्यो भने यसमा ग्रोथ गर्न एक्लैले सकिदैन पार्टनरसीप चाहिन्छ । पार्टनरिङ कन्सेप्टबाट अगाडि बढ्यौ । डेभलपमेन्टका लागि कन्स्ट्रक्सन विजेनेश रुलिङ विजनेश भएकाले हामीले कन्स्ट्रक्सनको काममा हात हाल्यौ । जलविद्यूतमा लंगटर्म एक्टिभिटिज हुन्छ भनेर नै हामीले यो सेक्टरबाट सुरुवात गर्यो । हामीले लुम्बिनीमा एघार केबी  लाइनको प्रोजेक्टबाट काम सुरु गर्यो । अहिले हामीले २५ बर्षको अवधिमा २६५ भन्दा बढी प्रोजेक्टहरु पुरा गरिसकेका छौ ।

पछिल्लो समयमा हाउजिङ व्यवसायमा लगानी गर्ने केही टाट नै पल्टिए, केहीले मुस्किलले यो व्यवसाय धानिराख्न सफल भएका छन्, तपाई २५ बर्षदेखि यसैक्षेत्रमा निरन्तर  हुनुहुन्छ, कसरी टिक्न सक्नुभएको छ ?

हामी कम्प्लिट सोलुशन प्रोभाइडरको रुपमा आयौ । रियलस्टेटमा निमार्णमा चाहिने कच्चापदार्थहरु उत्पादन गर्ने उद्योग स्थापना हामी आफैले गर्यौ, ठुला-ठुला भवनहरु निमार्णमा प्रयोग हुने उपकरणहरु हामीले आयात गर्न थाल्यौ, आफ्नै डिजाइन कम्पनी खोल्यौ, प्रोजेक्ट म्यानेजमेन्ट कम्पनी खोल्यौ, जसको कारणले गर्दा हामीले कम भन्दा कम लगानीमा राम्रो भन्दा राम्रो प्रडक्ट दिन सक्यौ, नाम कमाउन सक्यौ जसको कारण हामी निरन्तर लागि रहेका छौ । आजको दिनमा हामीले एक साथमा ४५ वटा प्रोजेक्टहरुमा काम गरिरहेका छौ ।

अहिलेको अवस्थामा यो क्षेत्रको स्कोप नेपालमा कस्तो छ ? यस क्षेत्रका मुख्य समस्या र चुनौति के के देख्नुहुन्छ ?

रियलस्टेट भनेको घरहरु बनाएर बेच्ने मात्र होइन, यसको स्कोप धेरै छ । हस्पिटल बनाएर बिक्री गर्न सकिन्छ, विश्वविद्यालय बनाउन सकिन्छ । धेरै कुरा गर्न सकिन्छ तर नेपालमा यस्तो कन्सेप्ट अझै आइसकेको छैन । अहिले जसले अर्पाटमेन्ट र घरहरु बनाएर बिक्री गर्छ वा घरजग्गाको किनबेच गर्छ त्यसलाई रियलस्टेट भन्ने गरिन्छ । रियलस्टेटको दायरा फराकिलो छ ।

अहिले पछिल्लो समयमा विभिन्न कारणले गर्दा अर्पाटमेन्टको कारोबार त्यति राम्रो हुन सकेको छैन । भूकम्पपछि अझैपनि मानिसको मनोबल बढी सकेको छैन । तर हाउजिड.को बजार धेरै राम्रो छ । हामीलाई खासै समस्या छैन । हामीले हाम्रा प्रोडक्टहरु बेचिरहेका छौ । अहिले जग्ग्गाको मुल्य बढेको छ । यस्तो अवस्थामा पनि हामीले काम गर्न सकिराखेका छौ ।

यो कारोबारमा अन्य विभिन्न तत्वहरुले पनि प्रभाव पार्छन । सरकारको नीति नियम, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुको कामले पनि उत्तिकै प्रभाव पार्छ ।

नेपालमा सबैभन्दा ठुलो प्रोजेक्ट म्यानेजमेन्टको समस्या छ । डेभलपरहरुमा पनि यसको कमी छ भने ग्राहकहरुलाई झन प्रशस्त जानकारी नै छैन । परामर्शदाताहरु पनि अनुभवि बनिसकेका छैनन । जसले गर्दा प्रोजेक्टको लागत बढ्ने र गुणस्तरीय सही सामाग्रीहरु पाउनु अहिलेको चुनौति हो ।

भर्खर भर्खर भूकम्प प्रतिरोधी भवनहरु बनाउनुपर्छ भन्ने धारणाको विकास भएको छ । पहिला यसो गर्दा लागत बढ्छ भन्नेहरु पनि थिए । प्रोजेक्ट म्यानेजमेन्टको फि तिर्नुपर्छ भन्दा मान्छेले सुन्दैन्न थिए । संसारमा यस्ता कामहरु भइरहेका छन। प्रोजेक्ट म्यानेजमेन्टको कारणले नै कम लागतमा आयोजना सम्पन्न गर्न सकिन्छ । हामीले भ्यालु इन्जिनियरीङ, जियोटिक इन्जिनियरिङ को अवधारण अघि सार्यौ तर मान्छेहरुले कन्ट्याक्टरको फाइदाको काम भन्ने गरे। तर अहिले आएर विस्तारै परिर्वतन हुदैछ । मान्छेहरु सस्तो खोज्छ गुणस्तरियता हेर्देन । बजार भाउबारे पनि अनभिज्ञ छ । शंकै शंकाको वातावरणमा काम गर्नुपर्ने सबैभन्दा च्यालेन्ज हो यो क्षेत्रमा ।

यो अवधिमा धेरै व्यवसायी टाट उल्टिए । तर, तपाईहरु कुन रणनीतिको कारण व्यवसाय चलाइ रहन, नयाँ प्रोजेक्ट बनाइ राख्न सफल हुनुभयो ? वित्तीय बजारमा बेलाबेलामा देखिने असन्तुलनको मार कतिको खेपी रहनु भएको छ ?

हामी अहिले ४५ वटा प्रोजेक्ट डेभेलप गरिरहेका छौं । हाम्रो एकदम सामान्य सुत्र छ, व्यवसायिक रुपमा अघि बढ्ने । हामीले अरुका कमीकमजोरी हेर्यौं र त्यस्ता कमजोरी हाम्रा प्रोजेक्टमा हुन दिएनौं । हामीलाई प्रोजेक्टमा लगानीको कुनै समस्या छैन । जुन तरिकाले हामीले भनेको समयमा प्रोजेक्ट पुरा गरेर भनेको समयमा बैंकको ऋण चुक्ता गर्दै आएका छौ । हामीले पुरा गरेका प्रोजेक्टहरु भटाभट बिक्री भइरहेका छन । यसले पनि हामीलाई खासै समस्या परेन । हामीले १४/१५ वटा बैंकहरुसँग काम गरिरहेका छौ । जसका कारण जस्तो सुकै अवस्थामा पनि हामीले वित्तीय संकट खेप्नु परेन । हामीलाई खासै अफठ्यारो छैन ।

समग्रमा भन्ने हो भने मलाई आफ्नै हेर्दैमा फुर्सद छैन । २५ बर्ष बढी भयो मैले यो क्षेत्रमा काम गरेको समग्रमा हेर्नुपर्ने अवस्थानै आएन । मैले मेरा प्रोजेक्टहरु सहज रुपमै अगाडि बढाइरहेको छु, ग्रोथ गरिरहेको छु । समग्रमा यो क्षेत्रले ग्रोथ गरेन भनेर मैले कसरी विश्वास गर्ने ? रियलस्टेट क्षेत्रमा बैंकले पैसा दिन्न भनेर कसरी विश्वास गर्ने ?

तपाईलाई मात्र सहज भएर भएन, तपाईको प्रोडक्ट किन्नेहरुसँग पनि त पैसा हुनुपर्यो होइन र ?

हाम्रो प्रोडक्टहरुको डिमान्ड धेरै छ । खासै हाम्रा क्रेताहरुलाई पनि फाईनान्सिड.को समस्या रहँदैन । किनभने हामीले २० वटा प्रोडक्ट तयार गर्यो भने ६० वटा डिमान्ड आउँछ । त्यसमध्ये जसको फाइनान्सीङ हुनसक्छ उसले खरिद गर्छ । हामीलाइ हाम्रो प्रोडक्ट बिक्री गर्नु मात्र छैन । पैसा नहुनेले नकिनोस । अहिले पैसावालाहरुले मात्र अर्पाटमेन्ट घर किन्नुपर्छ भन्ने छैन । जागिरदारहरु, किसानहरु, स्वरोजगारीहरु सबैले किनेका छन । क्रेताहरु अनेकथरी छन ।

तर पछिल्लो समयमा यो क्षेत्रको कारोबार त्यति राम्रो छैन भनिन्छ ? भूकम्पको त्रास अझै हट्न नसकेको हो कि अरु केही कारणले हो ? 

अरुको सन्दर्भमा म भन्न सक्दिन तर सिईको केशमा अलि फरक छ । यस्तो भन्दा मलाई पनि नरमाइलो लाग्छ । भूकम्पपछि हाम्रो प्रोडक्टको डिमान्ड त झन बढेको छ । त्यत्रो भूकम्प आउँदा पनि हाम्रा केही प्रोडक्टहरुमा सामान्य क्षति बाहेक कही केही भएन जसले गर्दा हाम्रो झन फस्टाएको छ । भूकम्पपछि मात्र हामीले चारवटा प्रोजेक्ट गर्यौ । चारवटै पुरै बिक्री भईसक्यो । हामीले कहिल्यै पछाडि फर्कनु परेन ।

अबका योजानाहरु के छन् ?

अहिले  हामीले २३ मेगावटाको हाइड्रो गर्दैछौ । केही समयपछि सय मेगावाटमा पनि जाँदैछौ, तीनबर्षमा तीन सय मेगावाटमा जाँदैछौ । नेपालमै २४ तलेसम्म विल्डिङ बनायौ, भूकम्प आँउदा पनि केही भएन, अहिले हामीले अन्तराष्ट्रिय स्तरका प्रोडक्टहरु तयार गरिहेका छौ। विदेशी कन्सल्ट्यान्सले दिने सुविधा हामीले कम लागतमै दिएका छौ । एक तिहाई कम लागतमा अन्तराष्ट्रियस्तरको प्रोडक्ट दिन सक्नु हामी सबैलाई फाइदा हो । मलाई फाइदा, देशलाइ फाइदा, सबैलाइ फाइदा ।

अब अन्त्यमा अलिकति प्रसङ्ग बदलौ, रियलस्टेट विजनेशमा रहँदा रहँदै नेपालको शेयरबजारलाई कसरी नियाल्नु भएको छ । 

हामी सेयरबजारमा थोरै मात्र सहभागी छौ । सारै कम तर एकदम सुरक्षित तरिकाले । यसमा हाम्रो आफ्नै सिद्धान्त छ । २० प्रतिशत बढेपनि निस्कने घटे पनि निस्कने । हामी घाटामा छैनौ ।

वास्तवमा नेपालको सेयरबजार अस्थिर छ । अनिश्चित छ र रिक्स पनि । यहाँ सेयर कसरी बढाउने भन्ने अनेक संसारमा नभएका तरिका अपनाइन्छन । ती तरिकाहरु आफुले चिन्न, जान्न र बुझ्न सक्यो भन्यो राम्रो होला तर निक्कै गाह्रो छ । हामी इन्डिष्ट्रियल कन्सेप्टमा चल्ने हुँदा कम मार्जिनमा पनि काम हुन्छ तर सेयरबजारमा त्यस्तो गरिँदैन, हुँदैन ।

सेयर बजार बैंक तथा वित्तीय संस्थाको ब्यालेन्ससिटले होइन गोप्य इन्फरमेशनले चलेको छ । हामी त्यस्तो इन्फरमेशन लिन सक्दैनौ । हाम्रो विश्वास भनेको कम्पनीको ब्यालेन्स सीटमा हो । तर नेपालको बजारमा कम्पनीको ब्यालेन्ससिट हेरेर सेयर बजारमा कामै हुन छाडिसक्यो । यस्तो बजारमा लगानी गर्दा डुबिने बढी खतरा हुन्छ । यसैले हाम्रो ध्यान सेयरबजार तर्फ खासै छैन, तर सुरक्षित तबरले केही लगानी भने गरेका छौ । इन्फरमेशनमा चल्न सक्ने हो भने, राम्रै होला ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।