कुमारी बैंकको ५० प्रतिशत हकप्रदमा आवेदन गर्ने आईतबार अन्तिम दिन

Apr 23, 2017 merolagani

कुमारी बैंक (KBL) ले गत चैत ६ गतेदेखि निष्काशन खुला गरेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने आईतबार अन्तिम दिन हो । बैंकले चुक्ता पूँजीको ५० प्रतिशतले हुने आउने एक करोड ३४ लाख ९५ हजार ८३२ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको हकप्रद सेयरको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । हकप्रदमा सिद्धार्थ क्यापिटलका सार्थ कुमारी बैंकको जुनसुकै शाखाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

बैंकले फागुन २० गतेदेखि बुक क्लोज गरेकाले फागुन १९ गतेसम्म कायम बैंकका सेयरधनीले मात्रै हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी छ । पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी तीन अर्ब २६ करोड ५९ लाख रुपैंया पुग्ने छ ।

कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।