हाम्रो विकास बैंकको दुई सय प्रतिशत हकप्रद सूरक्षित गर्ने आज अन्तिम दिन

Apr 23, 2017 merolagani

हाम्रो विकास बैंकले जारी गर्न लागेको दुई सय प्रतिशत हकप्रद सूरक्षित गर्ने आईतबार अन्तिम दिन हो । बैंकले बैशाख ११ गते सेयरधनी किताब बन्द गर्ने भएकाले आईतबारसम्म बैंकको सेयर किनेका लगानीकर्ताले मात्र दुई सय प्रतिशत हकप्रद पाउनेछन् ।

बैंकले चुक्ता चुक्ता पूँजीको दुई सय प्रतिशत अर्थात ३० करोड ५८ लाख ३३ हजार ९ सय रुपैँया मूल्य बराबरको ३० लाख ५८ हजार ३३९ कित्ता सेयर जारी गर्न लागेको हो । 

गत बर्षको कमाईबाट २५ प्रतिशत बोनस वितरण गरेको बैंकको बोनस तथा दुई सय प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैँया पुग्नेछ ।

नुवाकोटमा केन्द्रिय कार्यलय रहेको तीन जिल्ला कार्यक्षेत्र र १५ करोड २९ लाख रुपैँया चुक्ता पूँजीको हाम्रोले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन थप चार करोड १३ लाख रुपैँया पूँजी थप गर्नु पर्ने हुन्छ ।

चालु आर्थिक बर्षको पुस मसान्तसम्म २८ रुपैँया १३ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको दुई सय प्रतिशतले पूँजी वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि घट्न जाने भएकाले महँगो मूल्यमा उचालिएर सेयर किन्नु घातक हुनसक्छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।