देवः विकास बैंकको खुद नाफामा २५५ प्रतिशतको छलाङ, निष्कृय कर्जा अनुपात १.३९ प्रतिशतमा झर्यो

Apr 23, 2017 merolagani

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा देवः विकास बैंक (DBBL) ले आफ्नो खुद नाफामा २५५.२६ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आर्थिक बर्षको पाँच करोड ६० लाख रुपैँयाबाट बढाएर यस बर्षको त्रेस्रो त्रैमासिक अवधिमा १९ करोड ९० लाख रुपैँया पुर्याएको हो ।

देवले निष्कृय कर्जा अनुपातमा समेत उल्लेखनिय प्रगति गरेको छ । गत बर्षको त्रेस्रो त्रैमासमा ४.९६ प्रतिशत रहेको यस बर्षको त्रेस्रो त्रैमासमा आइपुग्दा एक दशमलव ३९ प्रतिशतमा सिमित पारेको छ ।

यस अधिसम्म बैंकले नौं अर्ब ८१ करोड निक्षेप संकलन गरि आठ अर्ब ७७ करोड रुपैँया कर्जा लगानी गरि ३९ करोड ७० लाख रुपैँया व्याज आम्दानी गर्न सफल भएको छ । बैंकले अघिल्ललो त्रैमासको तुलनामा व्याज आम्दानी २२ करोड ३३ लाख बाट ७७.७६ प्रतिशत बढाएको हो । सञ्चालन मुनाफा, नियमित क्रियाकलापबाट हुने आम्दानि लगायत अन्य शिर्षकहरुमा समेत बैंकले प्रगति गरेको छ ।

गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रदपछि बैंकको पूँजी चुक्ता पूँजी एक अर्ब ३८ करोड ३२ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ३४ करोड ९४ लाख रुपैयाँ सञ्चित रहेको छ । पूँजीकोष अनुपात १५ दशमलब ९३ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी बार्षिक १९ रुपैयाँ १९ पैसा पुगेको छ ।

त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ एक सय २५ रुपैयाँ २६ पैसा, तरलता अनुपात २७ दशमलब २१ प्रतिशत र मुल्य आम्दानी अनुपात १७ दशमलव ०७ गुणा रहेको छ । बैंकले साझा विकास बैंक र युनियन फाईनाइन्स कम्पनीलाई एक्वायर गर्ने सम्झौता गरेको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।