युनाइटेड इन्स्योरेन्सले कति प्रस्ताव गर्यो बोनस र हकप्रद ?

Apr 23, 2017 Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले हाल कायम पूँजी वृद्धिका लागि बोनस तथा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको बैठकले बोनस तथा सोमा लाग्ने करका लागि नगद लाभांस प्रस्ताव गर्दै बोनस बितरण पश्चात हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर विबरण गर्ने प्रस्ताव गरेको हो । बोनस सेयरको कर प्रयोजनका लागि इन्स्योरेन्सले १५ लाख ९१ हजार पाँच सय ७८ रुपैंया नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित बोनस बितरण पश्चात इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

अघिल्लो आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरेको इन्स्योरेन्सको हाल चुक्ता पूँजी ३० करोड २४ लाख रुपैंया रहेको छ । प्रस्तावित बोनस वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ३३ करोड २६ लाख ४० हजार रुपैंया पुग्नेछ । उक्त पूँजीको शतप्रतिशतका दरले हुने ३३ लाख २६ हजार चार सय कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव इन्स्योरेन्सले गरेको हो ।

बोनस तथा हकप्रद निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ६६ करोड ५२ लाख ८० हजार रुपैंया पुग्नेछ । बीमा समितिले गरेको व्यवस्था अनुसार इन्स्योरेन्सले ३३ करोड ४७ लाख २० हजार रुपैंया अरु पूँजी थप गर्नु पर्ने हुन्छ ।
पूँजी वृद्धिको खबरले नै यस अघि सेयर मूल्य माथि गइसकेको अवस्थामा हकप्रद तथा बोनस भन्दै सेयर किन्दा उचालिनु घातक हुन सक्छ । धैर्य भएर बजारको अवस्था अनि अन्य सूचकलाई पनि लगानीकर्ताले हेरेर मात्र निर्णय लिँदा उचित हुन्छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।