सिद्धार्थ इन्स्योरेन्सले हकप्रदका लागि कहिले गर्दैछ बुकक्लोज ?

Apr 23, 2017 Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले चुक्ता पूँजीको १९।२३ प्रतिशत हकप्रद निष्काशन गर्नका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको बैठकले बैशाख १७ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।

५।२ कित्ता बराबर १ कित्ता हकप्रद जारी गर्ने मिति भने इन्स्योरेन्सले सार्वजनिक गरेको छैन । कम्पनीले चुक्ता पूँजी ४४ करोड ८३ लाख २३ हजार रुपैँयाको १९।२३ प्रतिशतले हुन आउने एक सय रुपैँया अङ्कित दरको ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद शेयर चाँडै निश्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

कम्पनीकोे चौधौं बार्षिक साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो । सोही आर्थिक वर्षमा विबरण गरिएको ३० प्रतिशत बोनसले समेत पाउने गरी हकप्रद निष्काशन गर्ने भन्दै पन्ध्रौं बार्षिक साधारण सभाबाट हकप्रदको अनुपात १९।२३ प्रतिशतमा समायोजन गरिएको थियो ।

४४ करोड ४३ लाख २३ हजार रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रद सेयर जारी गरेपछि चुक्तापुँजी ५३ करोड ४५ लाख ३५ हजार रुपैयाँ नाघ्नेछ । इन्स्योरेन्सले गत पुस मसान्तसम्ममा ८ करोड ३३ लाख ८८ हजार नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैँया १८ पैसा कायम गरेको थियो ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।