८० प्रतिशत पूँजी बढाएर पनि मितेरीको प्रतिसेयर आम्दानी २९ रुपैंया

Apr 23, 2017 Merolagani

मितेरी डेभलपमेण्ट बैंकले ८० प्रतिशतले पूँजी वृद्धि गरे पछि पनि आफ्नो कमाईलाई सन्तुलित राख्न सकेको देखाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी २९ रुपैंया कायम गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा उसको प्रतिसेयर आम्दानी ४०ं रुपैंया ८६ पैसा थियो ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकले चुक्ता पूँजी ८० प्रतिशतले वृद्धि गरिसकेको छ । यसरी भारी मात्रामा पूँजी बढ्दा पनि प्रतिसेयर आम्दानीमा धेरै गिरावट नआउनुले बैंक व्यवशाय बिस्तारमा सफल भएको मान्न सकिन्छ ।

मितेरीले गत आर्थिक वर्षको यसै अवधिमा २१ करोड १२ लाख रुपैंया चुक्ता पूँजी हुँदा छ करोड ४७ लाख रुपैंया खुद नाफा गरेको थियो । अहिले बैंकको चुक्ता पूँजी ५० प्रतिशत हकप्रद तथा ३० प्रतिशत बोनस वितरण गरेर ३८ करोड २ लाख ९३ हजार रुपैंया पुगेको छ । चैत मसान्तसम्ममा बैंकले आठ करोड २७ लाख १८ हजार रुपैंया खुद नाफा कमाएको छ ।

समिक्षा अवधिमा १० करोड ७६ लाख रुपैंयाको जगेडाा कोषलाई पनि बढाएर बैंकले १७ करोड ५५ लाख रुपैंयाको बनाएको छ ।

निक्षेप संकलन तथा कर्जा प्रवाहमा आएको सुधारसँगै सञ्चालन मुनाफामा आएको सुधारले बैंकको खुद नाफा बढेको हो । समिक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात शुन्य दशमलव ३६ प्रतिशतबाट शुन्य दशमलव ३४ प्रतिशतमा झरेको छ । मूल्य आम्दानी अनुपात २१ दशमलव ७२ प्रतिशतले बढी रहेको बैंकको तरलता अनुपात ३० दशमलव ७० प्रतिशत तथा प्रतिसेयर नेटवर्थ एक सय ४६ रुपैंया १७ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।