मुक्तिनाथ विकास बैंकले ल्यायो नौ प्रतिशत व्याजदरको बचत योजना

Apr 23, 2017 Merolagani

मुक्तिनाथ विकास बैंकले पछिल्लो समयमा देखिएको सेवाग्राहीको चहलपहललाई मध्यनजर गर्दै अर्धमुद्धती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले वार्षिक नौ प्रतिशत ब्याजदर दिने गरी “सेमी फिक्स्ड डिपोजिट एकाउन्ट” संचालनमा ल्याएको हो । यसबाट सेवाग्राहीले उच्चतम प्रतिफल पाउने विश्वास बैंकले लिएको छ ।

केही समय अघि पोखराबाट काठमाण्डौंमा कर्पोरेट कार्यालय स्थानान्तरण गरेको मुक्तिनाथले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३५ करोड ५१ लाख रुपैंया खुद नाफा गरेको वित्तीय विबरण प्रकाशित गरिसकेको छ ।

...[मुक्तिनाथको यस्तो प्रगतिबाट के बुझने ?]...

 

हाल ५६ वटा कार्यालयहरु मार्फत करिव तीन लाख सेवाग्राहीलाई बैंकले वित्तीय सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा थप सात वटा नयाँ शाखाहरु संचालनमा ल्याउने तयारी बैंकले गरिरहेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वका साथै पर्यावरणिय सुरक्षाका क्षेत्रमा पनि आफ्नो सक्रियता जारी रहने विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।