आईपीओकै भाऊमा लगानीकर्तालाई सेयर किन्ने अवसर

Apr 24, 2017 Merolagani

कम्पनीहरुलाई हकप्रदको भारी गह्रौ हुँदा लगानीकर्तालाई भने निकै सस्तोमा सेयर किन्ने अबसर प्राप्त भईरहेको छ । कम्पनीहरुले हकप्रद बेच्न खोज्दा नबिकेको सेयर लिलाममा राख्दा पनि बिक्री नभएपछि लगानीकर्तालाई छानी छानी सस्तोमा सेयर किन्ने अबसर जुरिरहेको हो ।

 

यस्तैमा मन्जुश्री फाईनान्स(MFIL)ले हकप्रदमा नबिकेको सेयर पहिलोपल्ट लिलाममा राख्दा पुरै नबिकेपछि फेरि लिलाममा निकालेको छ ।

मन्जुश्रीले पाँच लाख ३८ हजार सात सय ४४ कित्ता संस्थापक सेयर फेरि लिलाममा निकालेको हो । यो सेयरमा प्रति कित्ता एकसय रुपैयाँ वा सो भन्दा माथिको दरमा लिलाम सकार्न बैशाख १७ गतेसम्म आबेदन गर्न सकिने भएको छ ।
मन्जुश्रीले यसअघि सर्वसाधारण समूहतर्फका ६९ हजार १६ कित्ता साधारण सेयर र संस्थापकतर्फ नौ लाख ३५ हजार ७४ कित्ता सेयर लिलाममा राखेकोमा अरु बिक्री भए पनि पाँच लाख ३८ हजार कित्ता संस्थापक बिक्न नसकेको हो ।

मन्जुश्रीको सेयर लिलाम सकार्न एस क्यापिटलबाट आबेदन पत्र लिएर रकम बुझाई सहभागी हुन सकिने फाईनान्सले जनाएको छ । आउने साधारणसभामा कम्तिमा १० प्रतिशत लाभांश दिने कम्पनीको सेयर एक सय रुपैयाँमै खरिद गर्न पाउनुलाई लगानीकर्ताले अबसरकै रुपमा लिनुपर्छ । संस्थापक सेयर लिलाम सकार्न केही प्रक्रियाहरु भने पुरा गर्नुपर्ने बाध्यता छ ।

पहिले पनि सेवा बिकास बैंक र जनता बैंकले संस्थापक सेयर एकैपटक लिलाममा नबिकेपछि दोस्रो पटक सूचना निकालेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।