पूँजी आधार बलियो हुँदा बैंकले प्रगति गर्छ भन्ने उदाहरण बन्यो एनएमबी बैंक

Apr 24, 2017 Merolagani

बैंकहरुको पूँजी धेरै भयो भने धेरै कमाउन सक्दैन र लगानीकर्तालाई धेरै लाभांश प्राप्त हुनसक्दैन भन्ने भ्रमलाई चिर्नमा एनएमबी बैंक(NMB) पनि एउटा उदाहरण बन्ने दिशामा अग्रसर भएको देखिएको छ । बैंकले गत बर्ष संस्थापक सेयर प्रिमियममा बिदेशी साझेदारलाई बेच्नुका साथै आकर्षक बोनस सेयर दिई पूँजी साढे ५५ प्रतिशतले बढाएर पनि खुद नाफा ४८ प्रतिशतले बढाउन सफल भएको छ ।

एनएमबीले प्रकाशित गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक बित्तीय बिबरणमा उसको प्रगतिको झलक देख्न सकिन्छ ।

 खुद नाफा मेरो लगानीले पूर्व आँकलन गरे भन्दा नौ करोडले बढी हो ।

उसले अघिल्ला त्रैमासहरुमा धेरै पूँजी बढाएर पनि प्रतिसेयर आम्दानी गत बर्षको तेस्रो त्रैमास भन्दा बढाउन सक्नु सफलताको अर्को संकेत हो ।

उसको ईक्विटीमा प्रतिफल १७.४१ प्रतिशत, प्रति सेयर नेटवर्थ १६१ रुपैयाँ र पूँजी कोष अनुपात अघिल्लो बर्ष भन्दा बढेर १३.६३ हुनु धेरै राम्रा पक्षहरु हुन ।

एनएमबीको जगेडा कोष बढेदै जानु र त्यसमा बिभिन्न बिकास बैंकहरुलाई मर्ज गर्दा स्वापबाट बचेको रकम र बिदेशी साझेदार एमएमओलाई संस्थापक सेयर बेच्दा आर्जन भएको प्रिमियम ठूलो मात्रामा संचित रहनुले बैंकले आउने बर्ष पनि राम्रै प्रतिफल दिन्छ भन्ने गतिलो आधार हो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।