एभरेष्ट फाइनान्सलाई गाभेर बनेको श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको सेयर काराबोर खुल्यो

Apr 24, 2017 merolagani

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी (SIFC) को सोमबारबाट नेप्सेमा सेयर कारोबार खुलेको छ । कम्पनीको नेप्सेमा एसआइएफसी (SIFC) कोडबाट कारोबार हुने नेप्सेले जनाएको छ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स एभरेष्ट फाइनान्ससँग मर्ज भएर बनेको कम्पनी हो ।

यी दुई कम्पनीले गत माघ १९ गतेबाट मर्जर पुरागरी एकिकृत कारोबार थालेका थिए ।

कम्पनीको १०.५ प्रतिशत बोनस समायोजन गरेपछि सेयरमूल्य प्रतिकित्ता २८१ रुपैयाँ कायम गरिएको छ । जसको आधारमूल्य ३१४ रुपैयाँ रहेको छ । मर्जरमा जानुअघि यो कम्पनीको नेप्सेमा प्रतिकित्ता ३११ रुपैयाँमा कारोबार भएको थियो ।

२०५१ सालबाट नै आफ्नो कारोबार सञ्चालन गरेको काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्टिय स्तर कार्यक्षेत्र रहेको श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र रूपन्देहीमा प्रधान कार्यालय तीन जिल्ले कार्यक्षेत्र रहेको एभरेष्ट फाइनान्स मर्जरमा गएपछि बन्ने कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।