गोर्खाज फाइनान्सले हकप्रदका लागि तोक्यो बुकक्लोजको मिति, हाम्रो विकास बैंकको सेयरमूल्य समायोजन

Apr 24, 2017 Merolagani

गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । फाइनान्स सञ्चालक समितिको बैठकले बैशाख २० गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।
फाइनान्सले हकप्रद निष्काशन गर्ने मिति भने सार्वजनिक गरेको छैन ।

फाइनान्सले हाल कायम चुक्ता पूँजी ५७ करोड ८६ लाख ६२ हजारको ५० प्रतिशत अर्थात २८ करोड ९३ लाख ३१ हजार तीन सय रुपैंया बराबरको एक सय रुपैँया शंकित मूल्यको २८ लाख ९३ हजार ३३१ कित्ता हकप्रद जारी गर्देछ । हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ८७ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

फाईनाइन्सको गत पुस २६ गते सम्पन्न भएको २२ औं बार्षिक साधारणसभाले चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सो प्रस्तावलाई चैत २२ गते धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति प्रदान गरेको थियो ।

उता दुई सय प्रतिशत हकप्रद निष्काशन गर्नका लागि सोमबार सेयरधनी पुस्तिका बन्द गरेको हाम्रो विकास बैंकको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकको प्रतिकित्ता सेयर दुई सय ७६ रुपैंयामा समायोजन गरिएको छ । बैंकको प्रतिकित्ता सेयरको आधार मूल्य तीन सय दुई रुपैंया रहेको छ ।

बैंकले हकप्रद निष्काशनको मिति भने निर्धारण गरिसकेको छैन । बैंकले चुक्ता चुक्ता पूँजीको दुई सय प्रतिशत अर्थात ३० करोड ५८ लाख ३३ हजार ९ सय रुपैँया मूल्य बराबरको ३० लाख ५८ हजार ३३९ कित्ता सेयर जारी गर्न लागेको हो ।

गत बर्षको कमाईबाट २५ प्रतिशत बोनस वितरण गरेको बैंकको बोनस तथा दुई सय प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैँया पुग्नेछ ।

नुवाकोटमा केन्द्रिय कार्यलय रहेको तीन जिल्ला कार्यक्षेत्र र १५ करोड २९ लाख रुपैँया चुक्ता पूँजीको हाम्रोले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन थप चार करोड १३ लाख रुपैँया पूँजी थप गर्नु पर्ने हुन्छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।