युनाइटेडको नाफा १४.३९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

Apr 24, 2017 merolagani

युनाईटेड फाईनाइन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा आठ करोड ५० लाख रुपैँया खुद नाफा कमाएको छ । कम्पनीले गत बर्ष सात करोड ४३ लाख रुपैँया नाफा कमाएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको खुद नाफा १४.३९ प्रतिशत बढि हो ।

६७ करोड २७ लाख रुपैँया चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २५ करोड ५० लाख रुपैँया सञ्चित रहेको छ । चैत सम्ममा फाईनाइन्सले पाँच अर्ब २७ करोड रुपैँया निक्षेप संकलन गरि चार अर्ब ५५ करोड कर्जा लगानी गरि गत बर्षको तुलनामा ११.६० प्रतिशतले खुद व्याज आम्दानी वृद्धि गर्न सफल भएको छ ।

तेस्रो त्रैमासमा १८ करोड ४१ लाख रुपैँया खुद व्याज आम्दानी गरेको युनाईटेडले नौं महिना अवधिमा ९ करोड ४१ लाख रुपैँया सञ्चालन नाफा कमाएको छ । कम्पनीले तीन करोड ८७ लाख रुपैँया संभावित जोखिम कोषमा राखेको छ भने ६१ लाख राईटव्याक गर्न सफल भएको छ ।

कम्पनीले गत बर्ष शुन्य दशमलव ९९ प्रतिशत रहेको निष्कृय कर्जा अनुपातलाई समेत घटाएर शुन्य दशमलव ६४ प्रतिशतमा कायम गर्न सफल भएको छ । प्रतिसेयर आम्दानी १६.८६ रुपैँया रहेको फाईनाइन्सको प्रतिसेयर नेटवर्थ १३७.९१ रुपैँया, तरलता अनुपात २४.३९ प्रतिशत, र मूल्य आम्दानी अनुपात १८.१५ गुणा रहेको छ ।

चुक्ता पूँजीमा ४५ प्रतिशतले वृद्धि गर्दा समेत प्रतिसेयर आम्दानीलाई सन्तसलनमा राख्न सक्नुलाई फाईनाइन्सको सबल पक्ष मान्नैपर्ने हुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।