लक्ष्मी लघुवित्तको खुद नाफा ९० प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?

Apr 24, 2017 merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्त सम्ममा सात करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत बर्ष ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले ९० प्रतिशतले खुद नाफा बढाएको हो ।

लघुवित्तको जगेडा कोष समेत गत बर्षको यसै अवधिको भन्दा १८३.७९ प्रतिशतले बढेको छ । गत बर्ष ४ करोड ९६ लाख रुपैयाँँ रहेकोमा यस बर्ष बढेर १४ करोड सात लाख रुपैँया पुगेको छ । चुक्तापूँजी समेत दोब्बर बढाएको लक्ष्मी लघुवित्तको २२ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले जगेडा कोष, निक्षेप संकलन, ब्याज आम्दानीमा पनि उल्लेखनीय बढोत्तरी गरेको छ । खुद ब्याज आम्दानी तथा सञ्ंचालन नाफा बढेपछि नाफामा उच्च सुधार देखिएको हो । संस्थाले नियमित कारोबारबाटै आम्दानी बढाएको हो । यसवधिमा संस्थाले ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेर दुई अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

साथै संस्थाले सम्भावित जोखिम वापतको व्यवस्थामा ८६ लाख ५१ हजार रुपैयाँ राखेको छ । गत बर्षभन्दा जोखिम युक्त सम्पत्ति तीन दशमलव ७८ प्रतिशतले बढेर १७ प्रतिशत पुगेको छ । 

लक्ष्मी लघुवित्तले निष्कृय कर्जा शुन्य दशमलव ७५ प्रतिशत रहेकोमा घटाएर शुन्य दशमलव ४१ प्रतिशतमा झारेको । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ४७ दशमलव ४७ रुपैयाँ रहेको छ । मूल्य आम्दानीको अनुपात ३७ दशमलव ९४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ६३ दशमलव ९९ रुपैयाँ र तरलता अनुपात १५ दशमलव ३७ प्रतिशत रहेको छ । लक्ष्मी लघुवित्त लक्ष्मी बैंकले प्रबद्र्दन गरेको सहायक कम्पनी हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।