बुटवल र वाग्लुङमा पनि खुल्यो सेयर कारोबार गर्ने शाखा

Apr 24, 2017 merolagani

सेयर ब्रोकर कम्पनीहरुले धमाधम जिल्लाहरुमा शाखा विस्तारको क्रमलाई तिब्रता दिएका छन । सोमबार मात्रै दुई ब्रोकर कम्पनीले वुटवल र वाग्लुङमा शाखा विस्तार गरेका छन ।बुटवलमा लिन्च स्टक मार्केट लिमिटेड र वाग्लुङमा दिब्या सेक्युरिटिज एण्ड स्टक हाउसले शाखा विस्तार गरेका हुन ।



ब्रोकर नं ४१ लिन्च स्टक मार्केट लिमिटेडको बुटवल मिलनचोकमा खोलिएको शाखाको सुरुवात कम्पनीका अध्यक्ष नेत्र प्रसाद खतिवडाले गरेका छन ।

कम्पनीका प्रबन्ध निर्देशक सरिता अधिकारीले यस शाखाबाट सेयर कारोबारको साथै निक्षेप सदस्यको समेत सेवा उपलब्ध गराइएको जानकारी दिइन । अधिकारीका अनुसार लिन्चले सोमबार बुटवल शाखाबाट झण्डै एक करोड बराबरको कारोबार गरेको बताइन ।

त्यस्तै ब्रोकर नं ५९ दिब्या सेक्युरिटीको वाग्लुङ शाखाको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य निर्माणकुमार श्रेष्ठले उद्घाटन गरे। उनले मोफसलमा खुलका ब्रोकर शाखाले पूँजी बजार विकासमा सघाउ पुग्ने बताए।

त्यस्तै कम्पनीका प्रवन्ध निर्देशक रामप्रसाद आचार्यले जिल्लामा रहेको पुँजीलाई एकिकृत गरी पुजी निर्माणमा सहयोग पुर्याउन शाखा खोलेको बताए।

आइतबार मात्रै सनी सेक्युरिटीजले चितवनको नारायणगढबाट सेयर कारोबार थालेको थियो । नेप्सेले १८ शहरमा ४१ ब्रोकरलाई शाखा खोल्ने अनुमति दिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।