शाइन रेशुङ्गा र स्वावलम्बन लघुवित्तको बोनस नेप्सेमा सूचिकृत

Apr 24, 2017 merolagani

कसमस डेभलपमेण्ट र साहारा विकास बैंकको सेयर संरचना परिवर्तन

नेपाल स्टक एक्सचेञ्जमा सोमबार दुई कम्पनीको ३४ लाख ११ हजार ६ सय ८२ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

सोमबार बोनस सेयर सूचिकृत गराउने कम्पनी शाइन रेशुङ्गा डेभलपमेण्ट बैङ्कले २३ लाख ४४ हजार ७३२ कित्ता र स्वावलम्बन लघुवित्तले १० लाख ६६ हजार ९ सय ५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । सूचिकरणसँगै दुबै बैंकका सेयरधनीले अब बोनस सेयर डिम्याट खातामा जम्मा भए पछि किनबेच गर्न सक्नेछन् ।

त्यस्तै सोमबार नै कसमस डेभलपमेण्ट बैङ्क र साहारा विकास बैङ्कले सेयर संरचना परिवर्तन गरेका छन् । परिवर्तन पछि दबै विकास बैंकको संस्थापक सेयर ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको अनुपात ४९ प्रतिशत (५१ः४९) कायम भएको छ ।

कसमसले एक लाख एक हजार दुई सय ४८ दशमलव ८७५ कित्ता सेयर र साहाराले एक लाख ३८ हजार ६ सय ९० कित्ता संस्थापक शेयर सर्वसाधारण सेयरमा परिवर्तन गरेका नेप्सेले जनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।