हकप्रद निष्काशनको अनुमति माग्दै एकै पटक धितोपत्र बोर्ड पुग्ने चार कम्पनी कुन-कुन हुन् ?

Apr 24, 2017 Merolagani

राष्ट्र बैंकको पूँजी वृद्धि योजना अनुसार पूँजी बढाउने क्रममा विभिन्न चार बैंक तथा वित्तीय संस्था हकप्रदको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । नेपाल धितोपत्र बोर्डले दिएको जानकारी अनुसार १२ प्रतिशतदेखि दुई सय १४ प्रतिशतसम्म हकप्रद निष्काशनको माग गर्दै दुई वाणिज्य बैंक तथा दुई विकास बैंकले बोर्डमा आवेदन दिएका हुन् ।

बोर्डका अनुसार प्रभु बैंकले हाल कायम पूँजीको ४० प्रतिशतका दरले हुने दुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो । हाल बैंकको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड १४ लाख रुपैंया छ । प्रस्तावित हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब २३ करोड ४० लाख रुपैंया पुग्ने छ ।

त्यसै गरी माछापुछ्रे बैंकले पनि हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुने ७९ लाख १८ हजार चार सय चालिस कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । केही समय अघि मात्र ५० प्रतिशत हकप्रद निष्काशन गरेको बैंकको अहिले चुक्ता पूँजी छ अर्ब ५९ करोड ८७ लाख रुपैंया छ । प्रस्तावित हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी सात अर्ब ३९ करोड रुपैंया नाघ्नेछ । चालु आर्थिक वर्षको कमाईबाट बैंकले बोनस बितरण गरी आठ अर्ब पूँजी पुर्याउने छ ।

उता झापाको दमकमा मुख्य कार्यालय रहेको कन्काई विकास बैंकले पनि धितोपत्र बोर्डमा दुई सय १४ प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको छ । हाल १५ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले हकप्रदबाट चुक्ता पूँजी ४७ करोड १० लाख रुपैंया पुर्याउनेछ । बाँकी रहेको दुई करोड ९० लाख रुपैंया बराबरको बोनस बितरण गरी कन्काइले चुक्ता पूँजी ५० करोड रुपैंया पुर्याउने छ ।

सेञ्चुरी कमर्शियल बैंकले आफुमा विलय गर्ने सम्झौता गरिसकेको अल्पाइन डेभलपमेण्ट बैंकले पनि धितोपत्र बोर्डमा झण्डै ६९ प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि आवेदन दिएको छ । प्रति तीन कित्ता बराबर दुई दशमलव शुन्य आठ कित्ताको अनुपातमा हकप्रद स्वीकृति मागेको अलपाइनको हाल चुक्ता पूँजी २६ करोड रुपैंया रहेको छ । हकप्रद पश्चात उसको चुक्ता पूँजी ४० करोड ७५ लाख हाराहारीमा पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।