सरकारले जेठ ३१ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि आयोगले जेठ १५ मा बजेट ल्याउन आचार संहिताले नरोक्ने बताएको हो । जेठ १५ मा बजेट ल्याउने भए मतदातालाई प्रभावित पार्ने कार्यक्रम ल्याउन नपाउने भने प्रष्ट्याएको छ ।
यद्यपि मिल्छ भने बजेट चुनावपछि ल्याउन पनि सुझाव दिइएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।
यता प्रमुख विपक्षी दल एमालेले भने बजेट ल्याएर दोस्रो चरणको चुनाव गर्न नमिल्ने बताएउदै आएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने चिन्ता व्यक्त गरेका छन ।
व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा विशेष समय माग गरी अध्यक्ष ओलीले सरकारले यसअघिको संविधान संशोधन प्रस्ताव फिर्ता लिनु सकारात्मक भएको धारणा व्यक्त गर्दै हाल अघि बढाएको संशोधन प्रस्ताव संविधानको मूलमर्म र भावना विपरीत भएको टिप्पणी गरेका थिए ।