चक्रपथ बिस्तारले तान्यो ब्यवसायीलाई, कोटेश्वरमा खुल्यो झण्डै एक करोडमा कफी शप

Apr 24, 2017 Merolagani

काठमाडौको कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथलाई बिस्तार गरी चौडा पारिदै गर्दा त्यस क्षेत्रमा ब्यवसाय गर्न चाहनेहरुले सक्रियता बढाउँन थालेका छन् । सडक चौडा र ब्यवस्थित भएपछि ब्यवसाय पनि फस्टाउने आँकलन गर्दै धमाधम नयाँ ब्यवसायीहरु त्यस क्षेत्रमा केन्द्रित हुँदै गर्दा कोटेश्वरमा झण्डै एक करोड रुपैयाँकोको लागतमा कफी शप खुलेको छ । 

 

सेयर बजारका लगानीकर्ता सागर पाण्डेसहितका पाँच ब्यवसायीले कोटेश्वरको भाटभटेनी सुपरस्टोर नजिकै मुख्य सडकसँग जोडिएको भवनमा  ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा ल्याएका छन् । 

नेपालको पहाडी क्षेत्रमा उत्पादन भएको शुद्ध अर्गानिक कफीसँगै त्यहीं बनाईएका ताजा केक र कुकिजको स्वाद सो कफी शपको बिशेष आकर्षण हो । 

लगानीकर्ता सागर पाण्डे भन्छन् - चौडा र ब्यवस्थित सडक निर्माण अब पुरा हुनै लागेकाले यस क्षेत्रको बिकास अब तीब्र हुन्छ, धुलो र धुँवाको वातावरणमा केही समयभित्रै सुधार हुन्छ भन्ने सोचेर नयाँ ब्यवसाय सुरु गरेका हौ ।

उनले अर्गानिक कफीसँगै  ताजा बेकरी र केक उत्पादन गरी राजधानीका अरु ठाउँमा आउटलेट खोलेर  ब्यवसाय फैलाउने सोच लिएको बताए ।

 

हिमालयन फ्रेस अरेबिका कफि शप कफिका पारखीहरुका लागि उत्कृट गन्तव्य बन्ने विश्वास लगानीकर्ताले लिएका छन् । नेपाली शुद्ध अर्गानिक कफिलाई अन्तर्राष्ट्रिस्तरको मेसिनबाट तयार पारेर पारखीहरु समक्ष सेवा दिने बन्दोबस्त कफि शपले मिलाएको छ । शान्त वाताबरणमा आधुनिक शैलीमा सजाइएको कफि शपमा पुग्ने जो कोहीले पनि कफिको मज्जा लिँदै आनन्द महसुस गर्न सक्छन् । त्यसमा निशुल्क वाईफाईसहितका आधुनिक सुबिधाहरु पनि जोडिएको छ । 

 

डेढ दशक लामो बैंकिङ पेशाबाट कफि शपमा आकर्षित बनेका सञ्चालक उद्धवराज थपलिया भन्छन्, ‘जागिरे भएर मात्र हाम्रो योगदान देखिएन । हामी आफैंले व्यवशाय गरेर अरुलाई पनि केही योगदान गरौं भन्ने उद्धेश्यले कफि शप सुरु गरेका हौं ।’

शुद्ध अर्गानिक कफीका प्याकेटहरु खरिद गर्न चाहनेहरुका लागि समेत सो शप उपयुक्त स्थान हो । अहिले कफि शपले नौ जनालाई रोजगारी प्रदान गरिरहेको छ । 

कफि शपका अर्का सञ्चालक तथा पर्यटन पेशाकर्मी ध्रुबराज न्यौपाने भन्छन्, ‘कोटेश्वरजस्तो भीडभाडपूर्ण ठाउँमा केहीबेर आनन्द महसुस गर्दै तातो वा चिसो कफिका साथ उत्कृष्ट बेकरी खान पाउनुले कफि शप आकर्षणको केन्द्र बनेको छ ।’

हिमालयन बेञ्चदेखि विभिन्न कफि शपमा झण्डै दशक अवधिसम्म बारिस्ताको अनुभव बटुलेका उमेश सत्यालले कफिका पारखीहरुलाई कलात्मक तथा स्वादिलो कफि चखाउने गरेका छन् । 

निकट भविष्यमा नै राजधानी लगायत मुलुकका विभिन्न स्थानमा शाखा बिस्तार गर्दै उल्लेख्य रोजगारी श्रृजना गर्ने लक्ष्य कफि शपले लिएको छ । कफि शपका अर्का सञ्चालक तथा सामाजिक अभियन्ता मनोज अर्याल भन्छन्, ‘जागिर खाने संस्कारबाट बाहिरिँदै अरुलाई जागिर दिने अनि व्यवशायी बन्न प्रोत्साहित गर्ने लक्ष्य लिएर हामीले यो यात्रा सुरु गरेका हौं । ’

निकट भविष्यमा नै कफि शपले अनलाइनबाट आफुकहाँ उपलब्ध सबै सेवाहरुको बुकिङ लिने व्यवस्था गर्दैछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।