घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १३ औँ अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४ को आज समापन कार्यक्रममा मन्त्री जोशीले १० वर्ष्भित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन यस्तो योजना अघि सारीएको बताए ।
कार्यक्रममा अध्यक्ष श्यामप्रसाद गिरीले व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)सँग प्राकृतिक रेशाबाट नरम धागो बनाउने प्रविधिको विकास गर्ने सम्बन्धमा खोज तथा अनुसन्धान तथा प्रविधि विकास गर्ने सहमति भएको बताउनुभयो ।
यही वैशाख ७ देखि ११ गतेसम्म सञ्चालित उक्त प्रदर्शनीमा करिब रु सात करोडभन्दा बढी कारोबार भएको बताइएको छ । प्रदर्शनीमा घरेलु उत्पादनका दुई सय १६ कक्ष थिए जसमा भारत, पाकिस्तान, बङ्गलादेश र चीनका ३० कक्ष पनि थिए ।