आईसीएफसी फाईनान्सको खुद नाफा १७ करोड, कसरी कमायो ?

Apr 25, 2017 Merolagani

आईसीएफसी फाईनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १७ करोड  रुपैयाँ खुद नाफा कमाएको छ । उसले डुबेको कर्जा उठाउनुका साथै गैर बैंकिड. सम्पति बेचेर धेरै नाफा बढाएको हो । फाइनान्सले गत आर्थिक वर्षको यसै अवधिमा सात करोड १० लाख ९१ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो । 

सात करोड ५७ लाख रुपैंया राइट व्याक गरेको फाइनान्सको निष्कृय कर्जा अनुपात समिक्षा अवधिमा २.७१ प्रतिशतबाट घटेर ०.५४ प्रतिशतमा झरेको छ ।

 फाइनान्सले  १५ करोड ७० लाख रुपैंयाको खुद व्याज आम्दानीलाई यस पटक २६ करोड ५६ लाख रुपैंया पुर्याएको छ ।

जगेडा कोषलाई पनि बढाएर ३३ करोड ३१ लाख रुपैंयाको बनाएको छ । 

 ८० करोड रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सको प्रतिसेयर आम्दानी २८ रुपैंया ६५ पैसा कायम गरेको छ ।

१४ शाखा सञ्जाल,   एउटा एक्सटेन्सन काउण्टर तथा १० वटा ए.टी.एम. मार्फत फाईनान्सले  वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।