राम्रो मानिएको सिद्धार्थ बैंकलााई किन पर्यो यस्तो सकस ?

Apr 25, 2017 Merolagani

बाणिज्य बैंकहरुले कारोबार बिस्तार गर्दै जाँदा निस्क्रिय कर्जाको अनुपात बढ्ने खतरा पनि रहेको संकेत सिद्धार्थ बैंक(SBL)को बित्तीय बिबरणले दिएको छ । बैंकको निस्क्रिय कर्जाको अनुपात बढ्न जाँदा त्यस वापत जोखिम कोषमा राख्नुपर्ने रकम समेत बढी  सिद्धार्थ बैंकको प्रगति केही ढिला हुन गएको छ ।

 

नोटः रकमलाई करोडमा देखाईएको छ ।

सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ९५ करोड खुद नाफा गरेर गत बर्षको सोही अवधिको तुलनामा झण्डै २२ प्रतिशत प्रगति गरेको देखिए पनि ११६ प्रतिशत पूँजी बृद्धि हुन जाँदा प्रतिसेयर आम्दानी सन्तुलन गर्न सकेको देखिएन ।

बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई आफुमा गाभेको सिद्धार्थले निक्षेप, कर्जा र ब्याज आम्दानीमा भने राम्रो प्रगति गरेको देखिएको छ ।

बैंकको पूँजी कोष ११.६० हुँदा उसले त्यसलाई बढाउँन तत्काल कदम चाल्नु आबश्यक देखिन्छ । ईक्विटीमा प्रतिफल १५.८०, प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी बृद्धिका लागि ३० प्रतिशत हकप्रद बिक्री गर्ने प्रक्रियामा अगाडि बढेको बैंकलाई लगानीकर्तालाई उत्साहित पार्ने प्रतिफल दिन चौथो त्रैमासमा धेरै मेहनत गर्नुपर्ने अबस्था छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।